शनिबार, बैशाख ८, २०८१

हिमाली आयोजनाबाट एक सय जना विदेश लस्कर

काठमाडौं, जेठ । कृषि विकास मन्त्रालयबाट विदेश जानेहरुको लस्कर बढ्न थालेको व्यापक गुनासो बढ्न थालेपछि केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै अनावश्यक विदेश भ्रमणमा रोक लगाएपछि लामो सयम विदेश भ्रमण ठप्प भएको थियो । तर यतिखेर सरकारले विदेश भ्रमणका लागि निश्चित मापदण्ड तोकेको छ । आवश्यकता हेरी वर्षमा ११औँ भन्दा माथिल्लो तहका कर्मचारी चारपटक, नौ र १० तहका कर्मचारी दुईपटक र सोभन्दा कम तहका कर्मचारी एकपटक मात्र विदेश भ्रमणमा जाने सीमा अहिले तोकिएको छ ।’
तर सरकारले तोकेको मापदण्डलाई लत्याउँदै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत पशु सेवा विभाग मातहतमा रहेको हिमाली आयोजना मार्फत एक सय जना विदेश भ्रमणमा जान लागेका छन् ।
विदेश भ्रमणका लागि एक सय जनाको जस्ती झै लस्कर लाग्न लागेपछि मन्त्रालयमा हल्लीखल्ली नै भएको छ । मन्त्री चक्रपाणी खनालले १५ जनाको विदेश भ्रमण स्थगत गरेको बताईएपनि वाँकी ८५ जनालाई भने ऋण अनुदानको रकमबाट विदेश भ्रण गर्न लगाएर २ करोड भन्दा बढी स्वाहा बनाउन खोजिएको छ ।
विगतमा विदेश भ्रमण गएकाहरुले गरेको उपलब्धी नै ख्याल नै गनरी २ करोड भन्दा बढी रकम सकेर फेरि एक जना भन्दा बढीको जन्ती लिएर कहाँ जान लागेका छन् सम्वन्धित मन्त्रालयले ध्यानु पु¥याउनु पर्दछ कि पर्दैन ?

प्रकाशित मिति: बुधबार, जेष्ठ ९, २०७५