बिहिबार, बैशाख १३, २०८१

तरकारी खेतीअन्तर्गत चार टन बीउ वितरण

विराटनगर,जेठ । रङ्गेली नगरपालिकाले तरकारी खेतीअन्तर्गत चार टन ओलको तरकारी बीउ किसानलाई वितरण गरेको छ ।
कृषिको व्यावसायीकरण गर्न र किसानलाई आत्मनिर्भर बनाउनका बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

ओलको तरकारी लगाइने र त्यसको महत्व बुझ्नका लागि उक्त नगरपालिका अन्तर्गतका प्रत्येक वडाका किसानलाई तालीम दिएपछि बीउ वितरण गरिएको हो । नगरपालिकाको कृषि शाखाका कृषि अधिकृत काशी चैधरीका अनुसार रु दुई लाख ८० हजार मूल्य बराबरको उक्त बीउ जनकपुरबाट खरीद गरी किसानलाई वितरण गरिएको हो ।

ओलको तरकारी स्वास्थ्यका लागि राम्रो तथा व्यवसायका लागि फलदायी मानिन्छ । रङगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले नगरपालिकाले चालु आवमा कृषितर्फ रु ६९ लाख बजेट छुट्याएको जनाएका छन्।

प्रकाशित मिति: सोमवार, जेष्ठ ७, २०७५