शुक्रबार, चैत्र १६, २०८०

अन्नपुर्ण एग्रोको दाना गुणस्तरहिन भेटिएपछि मुद्धा दायर

बुटवल, जेठ । रुपन्देहीमा सञ्चालनमा आएको अन्नपूर्ण एग्रो इन्डस्ट्रीज प्रा.लि. ले न्युन गुणस्तरहिन उत्पादन गरेको भईएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्धा दायर भएको छ । आफुहरुले बेचेको सामान कमसल भएको प्रमाणित भै मुद्धा प्रक्रिया अगाडी बढेको सन्र्दभमा उसले आप्mनो गल्ती ढाक छोप गर्ने प्रयास स्वरुप पत्रकार सम्मेलन नै आयोजना गरेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय भैरहवाले अन्नपूर्ण एग्रोउपर कमसल सामान उत्पादन गरी विक्रि गरेको भन्दै जिल्ला प्रशासनमा मुद्धा हालेको समाचार प्रकाशन भए पश्चात अन्नपूर्ण एग्रोका सञ्चालकहरुल तनावमा देखिएका छन् । वषौैदेखि गुणस्तरहिन दाना विक्री गर्दै किसानलाई करोडौं ठगी गर्दै आईरहेका सञ्चालकहरु आफ्नो कुकृत्य लुकाउन हरप्रयत्न गरिरहेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका २१ मा रहेको अन्नपूर्ण एग्रो ईन्डष्ट्रिजका बजार निर्देशक धातानन्द कण्डेलले भ्रममा नर्पन भन्दै पत्रकार सम्मेलन गरेका थिए । बोईलर र लेयर्स कुखुराको दाना उत्पादन गर्दै आएको अन्नपूर्णले पत्रकार सम्मेलन गरी आफूहरुका विपक्षमा समाचार नलेखिदिने आग्रह गर्दैै पत्रकारहरुलाई खामवन्दी भेटी समेत उपलब्ध गराएका छन् । उनले समाचार प्रकाशन भएपछि त्यसको ढाकछोप गर्नको लागि पत्रकार सम्मेलन आयोजना गर्नु परेको बताए ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहिन रहेपछि मुद्धा दायर गरिएको हो ।
उत्पादिन दाना मापदण्ड भन्दा कमसल भएपछि कार्बाहीको लागि मुद्धा दायर गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जानकारी दिएको छ । यस एग्रोले अन्नपूर्ण प्लेट फिड, कोपिला प्लेट फिड र उर्बार प्लेट फिड ब्राण्डका दाना उत्पादन गर्दछ ।
उद्योगमा उत्पादन भएका दानाहरु काठमाडांै, पोखरा, चितवन, हेटौडा, रुपन्देही लगायतका जिल्लामा जाने गरेको छ । देशका विभिन्न स्थानमा पुग्ने यसका उत्पादनमा गुणस्तरहीन देखिएपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा हानेर गुणस्तरमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
नेपालको कानुनमा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री बितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ बमोजिम नगद जरिवानाका साथै १ बर्ष सम्मको कैद व्यवस्था गरेको छ भने यसै कसुरमा कालोबजारी ऐन अनुसार २ बर्ष सम्मको कैद हुने प्रावधान रहेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले हाल सम्म १० वटा उद्योगहरुलाई गुणस्तरहीन र लेवल नभएको अनुसन्धानमा प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्धा दायर गरेको हो । गुणस्तरहिन उत्पादन गरेको र लेवल नलगाएका २५ वटा उद्योगहरु अनुसन्धानको प्रकृयामा रहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त बहादुर राईले जानाकारी दिएका छन् ।
राईका अनुसार – रुपन्देही, तनहुँ र पोखराका उद्योगहरु कारबाहीका लागि मुद्धा दायर गरिएको, दुई दर्जन उद्योगहरु अनुसन्धानको प्रकृयामा रहेको र बजार अनुगमनलाई तिब्रताका साथ अगाडी बढाईएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले रुपन्देहीमा सञ्चालित प्रशिद्ध वाटर इन्डस्ट्रिज, सिद्धार्थ आयल इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ रिफाईनरी तथा आयल इन्डस्ट्रिज , दुर्गा मोर्डन आयल मिल , साई प्याकेजिङ उद्योग लाई समेत कार्बाहीको लागी मुद्धा दायर गरेको खाध्य अधिकृत निरज कटुवालले जानाकारी दिए । कार्यालयले सुजल डेरी प्रा.ली. पोखरा र प्रेम बहादुर गुरुङ टेड्रस तनँहुलाई समेत कार्बाहीको लागी मुद्धा दायर गरेको छ ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले आफ्नो चौमासीक प्रतिबेदनमा साविकको पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लामा पसल, होटल, रेष्टुरेण्ट, मिठाई पसल र खाध्य उद्योगहरु, प्रशोधित पिउने पानी उद्योग, प्याकेजिङ उद्योगहरुमा निरन्तर अनुगमन गर्दै आई रहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५