शनिबार, बैशाख ८, २०८१

मन्त्रीज्यू कोलिफार्म भेटियो कार्वाही गर्नु हुन्छ ?

काठमाडौं, जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा मातहतमा रहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान लगायत अधिकांश डेरीहरुले विक्री वितरण गर्दै आईरहेको दूधमा कोलिमार्फ फेला परेको पत्रकार सम्मेलन गरेर नै पुष्टि गरेको छ ।
दुग्क विकास संस्थानले विक्री वितरण गर्न तयारी गरेको प्रशोधित दूधमा नै कोलिफार्म भेटिएपछि दुग्ध विकास संस्थान बालाजु, र मातहतको आयोजना कार्यालय बालाजुलाई समेत विभागले मुद्दा गरेको छ । संस्थानले उत्पादन गरेको दूध, दही न्यून गुणस्तर र दूषित भेटिएको हो ।
सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमात्र होइन नेपाल डेरी, सुजल डेरी सञ्जीवनी डेरी उद्योग, नारायणी मिल्क हेटौडाले उत्पादन गरेका दूधमा पनि कोलिफार्म फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
किसानका पक्षमा आफूले काम गर्ने बताईरहेको कृषि मन्त्री चक्रपाणी खनालज्यू बच्चादेखि विरामीसम्मले प्रयोग गर्ने दूध तथा दुग्ध जन्य पदार्थमा कोलिफार्म भेटिएको छ । गुणस्तरीहन दूध दही विक्री वितरण भईरहेको छ । के विभागिय मन्त्रीका हिसावले यस्ता उद्योगहरुलाई कार्वाहीका गर्न सक्नु हुन्छ ? कि पहल गर्नु हुन्छ । तपाई कै पार्टीका गृहमन्त्रीले सिण्डिकेट तोड्न सक्नु भो तर तपाईले उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गरिरहेका दुग्ध उद्योगका विषयमा चुईक्कसम्म पनि नबोल्नुको कारण के होला ? आम उपभोक्ताहरुलाई जवाफ दिनु पर्देन ?

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५