शनिबार, बैशाख ८, २०८१

एक रुपैयाँ किलोमा पनि गोलभेँडा नबिक्दा किसान मर्कामा

कञ्चनपुर,जेठ । ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा शुक्लाफाँटा नगरपालिका–३ का किसान मर्कामा परेका छन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएकोले घाटामा परेको बताउछन् ।

“एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत बिक्री भएन,” उनले भने। गोलभेँडा खेतमा लटरम्म फलेको छ । खेतमै कुहिने अवस्था छ । आफ्नो खेतमा रु एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताए।

गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उनको भनाइ छ । गतवर्ष गोलभेँडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी गदै आएकी वसन्ती चौधरीले यसवर्ष मुश्किलले रु ३० हजार मात्रै कमाई भएको र रु दुई लाखभन्दा बढीको गोलभेँडा खेतमै कुहिएको बताएकी छिन् । यहाँका किसानले लगाएको गोलभेँडा बिक्री नहँुदा रु पाँच लाखभन्दा बढीको घाटा भएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३, २०७५