शुक्रबार, चैत्र १६, २०८०

रुपन्देहीमा पहिलो पटक माछामा ‘सिल छाप’

बुटवल, जेठ । रुपन्देहीमा रहको एक मात्रै मत्स्य उत्पादक कृषि सहकारी संस्थाले निकट भविश्यमा नै सिल छाप सहितको माछा बजारमा ल्याउने योजना बनाएको छ । रुपन्देहीको सियारी गाउँपालिका–५ रुपन्देही मा रहेको जलदेवी मत्स्य उत्पादक कृषि सहकारी संस्थाले निकट भविश्यमा नै सिल छाप सहितको माछा बजारमा ल्याउने तयारी गरेको हो । सहकारी संस्था का अध्यक्ष गणेश बहादुर साहीले निकट भविश्यमा नै यस्तो प्रकृतिको माछा बजारमा ल्याउने तयारी गरिएको जानकारी दिए । हाल किसानले उत्पादन गरेको माछालाई स्टक गरी बजारीकरण समेत गर्दै आएको सहकारीले निकट भविश्यमा नै यस्तो प्रकृतिको माछा बजारमा ल्याउने योजनामा रहेको छ । बजारमा भारतीय माछाले स्थान लिएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(मत्स्य जोन)को सहकार्यमा माछामा ट्याग लगाउने गरी कार्यक्रम ल्याउन लागिएको हो । वि.स. २०६५ सालमा स्थापना भएको सहकारीले ३ कठ्ठा क्षेत्रफ जग्गामा आफ्नै भवन समेत निर्माण गरेको छ ।
हाल किसानहरुले उत्पादन गरेको माछालाई ढुवानी गर्नको लागि सहजता प्रदान गर्न आईसप्लान्ट(बरफ) उत्पादन गर्दै आएको सहकारीले यसलाई बढाउदै माछामा ट्यागिङ्ग प्रणालीकोसुरुवात गर्न लागेको हो । सहकारीकान अध्यक्ष शाहीका अनुसार हाल सम्म ४३ लाख रुपैयाँ अनुदानमा सहकारीले प्राप्त गर्न सफल भएको छ । गत बर्ष सहकारीले २० लाख रुपैयाँ लागतमा पोष्ट हार्भेष्ट सेन्टर समेत स्थापना गरको छ । किसानले उत्पादन गरेको माछालाई स्टकमा राखि विक्रि वितरण गर्न सहज लागि पोष्ट हार्भष्ट सेन्टर स्थापना गरिएको हो । कृष्ण खनाल

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १, २०७५