बिहिबार, चैत्र १५, २०८०

नवलपरासीमा माटो परीक्षण

नवलपरासी,वैशाख । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा माटो परीक्षण गरिएको छ । कृषकबाट प्राप्त १५४ स्थानका माटोको सुझावसहित नमूना परीक्षण गरिएको त्यसको परिणमा केही दिनमै प्रत्येक वडा कार्यालयमा पठाउने तयारी भइरहेको उक्त नगरपालिकाको कृषि शाखाले जनाएको छ । माटो व्यवस्थापन निर्देशनालयबाट माटो परीक्षण गर्ने ल्याबसहितको गाडी तथा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको माटो विज्ञ प्रविधिक टोली माटो परीक्षणमा सम्लग्न छन् ।

समग्रमा सुनवलको माटोमा प्रप्त प्रतिवेदनअनुसार ५७ प्रतिशत क्षारीय, ३३ प्रतिशत तटस्थ र १० प्रतिशत अम्लीय भएको परीक्षणबाट थाहा भएको छ । त्यसैगरी माटोमा भएको प्राङ्गारिक पदार्थको तहगत परिमाण अधिकमा ० प्रतिशत, मध्यममा १० प्रतिशत र निम्नमा ९० प्रतिशत रहेको देखिएको छ । बालीनालीलाई आवश्यक पर्ने पोटासियम भने अधिकतममा ८।५ प्रतिशत मध्यममा ३०।५ प्रतिशत र निम्नमा ६१ प्रतिशत भेटिएको छ भने फोस्फोरस ५५।८ प्रतिशत मध्यममा ३१।८ प्रतिशत र निम्नमा १२।४ प्रतिशत रहेको तथ्य पाइएको छ । सुनवल नगरपालिकाको १३ वटै वडामा कृषि अधिकृत रिमबहादुर थापासहितको माटो विज्ञको टोलीबाट वैशाख २४ गतेदेखि माटोको नमूना संकलन गरी परीक्षण गरिएको थियो ।

प्रकाशित मिति: आइतवार, बैशाख ३०, २०७५