शुक्रबार, चैत्र १६, २०८०

उदयपुरमा फौजीकीराको बिगबिगी

उदयपुर,वैशाख । विगत केही दिनयता उदयपुर बेलका नगरपालिका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्दा जंगल चर्न जाने पशुचौपाया मर्न थालेका छन् । बेलकाको बंगलामुखी, खयरमारा, जहडा, सिसुवा, रातापानी, गलेनी र सेतीखोला लगायत आसापासका क्षेत्रमा फौजीकीराको बिगबिगी बढ्न थालेपछि जंगल चर्न जाने पशुचौपाया मर्न थालेका हुन् ।
बेलका–४ का कृष्णप्रसाद पौडेलका अनुसार जंगल क्षेत्रमा सबैतिर फौजीकीराको बिगबिगी बढ्दै गएको, कीराले हरियो दुबो तथा बिरुवाको पात खाने गरेको र सोही घाँस खाँदा पशुचौपाया मर्ने गरेको हो । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार जंगलको घाँस खानाले अहिलेसम्म आधा दर्जनभन्दा बढी गाई मरिसकेका छन् भने धेरै गाई, भैंसी, खसी र बाख्रासमेत बिरामी परेका छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख ३०, २०७५