शनिबार, बैशाख ८, २०८१

२३ वर्षको इतिहासमै सबैभन्दा बढी कृषि क्षेत्रमा नोक्सानी

चितवन, वैशाख । चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए ।

“अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक आएको छ”, श्रेष्ठले भने, “काम जारी रहेको र निवेदन आउने क्रम रहेकाले क्षति अझै बढ्ने अनुमान छ ।” उनले विवरण संकलनको काम जारी रहेको बताउदै । यही वैशाख २३ गते रातिको भीषण हावाहुरी र असिनापानीले चितवनको कृषि क्षेत्रमा नोक्सानी भएकोे जनाए ।

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले चितवनको कालिका नगरपालिकास्थित साबिक पदमपुर गाविसमा मात्रै रु २० करोडको केरा क्षति भएको जानकारी दिएका छन् । त्यसपछि रत्ननगर, जुटपानी, जमुनापुर, चैनपुर र ठिमुरामा केरा क्षति भएको छ ।

६२० केरा किसानमध्ये करीब ५०० जनाको क्षति भएको तथा अहिलेसम्म बीमा गरेका १६५ किसानमध्ये १६० जनाले क्षतिपूर्तिका लागि निवेदन दिइसकेका त्यसैगरी, अरू सयौँ किसानको बीमा नहुँदा ठूलो क्षति बेहोर्न बाध्य भएका जनाएका छन् ।

कीसानहरुले सरकारबाट राहत पाउनुपर्ने माग गर्दै आएका छन् भने बीमा गर्ने शिखर इन्सुरेन्स कम्पनीले शत्प्रतिशत क्षति भएका किसानका लागि एक महिनाभित्र क्षतिपूर्ति दिनेगरी स्थालगत अनुगमन गरिरहेको पनि पन्तले जनाएका छन्। त्यस्तै, आफ्नो सात बिघामा ५० प्रतिशत र अर्को १६ विघाको प्लटमा २५ प्रतिशत केरा क्षति भएको जानकारी दिएका छन् । स्थानीयवासी शंकर सुवेदीले करीब रु ६० लाखभन्दा बढीको केरा क्षति भएको दाबी गरेका छन् भने २३ वर्षको इतिहासमै सबैभन्दा बढी केरामा नोक्सान भएको मानिएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०७५