शुक्रबार, बैशाख ७, २०८१

कृषि मेला सम्पन्न

लहान, वैशाख । कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले सिराहाको लहान स्थित महादेव बजार समितिले आयोजना गरेको कृषिमेला सम्पन्न भएको छ ।
लहान नगरपालिका– १५ महादेव चोकस्थित दलित जनकल्याण युवा क्लब लहानको सहकार्यमा उक्त कृषिमेला आयोजना गरिएको हो । मेलाको उद्देश्य स्थानीय कृषि उत्पादन अभिवृद्धि तथा दिगो खेती प्रवद्र्धन गर्नु रहेको थियो ।
मेलामा तरकारी र माछाका करिब १०० कक्ष रहेका थिए । सो अवसरमा प्रथम हुने कृषक रुकमैना चौधरीलाई रु पाँच हजार ५१, दोस्रो हुने आनन्दी चौधरीलाई रु तीन हजार ५१ तथा तेस्रो हुने जिवक्ष महतोलाई रु दुई हजार ५१ पुरस्कार प्रदान गरिएको वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, बैशाख २७, २०७५