शुक्रबार, चैत्र १६, २०८०

कर्मचारी संरचनामा कृषि प्राविधिकद्धारा रोष व्यक्त

काठमाडौं, वैशाख । नेपाल कृषि प्राविधिक एशोसिएन(नाटा) ले कृषि प्राविधिकहरुलाई पाखा लगाउँदै कर्मचारीहरुको संगठन संरचना तयार गरेको भन्दै ध्यानाकर्षण गरेको छ । नाटाका अध्यक्ष देवराज गौलीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ,‘हाल देशमा पहिलो गणतान्त्रिक संविधान जारी भएपछि संविधान कार्यान्वयनको सन्दर्भमा संविधानको मर्म र भावना अनुरुप संघ, प्रदेश र स्थानीय गरी तीनै तहको प्रशासनिक पुनसंरचनाको क्रम शुरु भएको छ । जारी प्रशासनिक पुनसंरचनाको अभ्यासको क्रममा संविधानका अनुसूचि र सो बमोजिम नेपाल सरकारले जारी गरेको कार्य विस्तृतिकरण समेतलाई मूल आधार मानी तीनै तहका आवश्यक सांगठनिक संरचना र जनशक्ति व्यवस्थापन गर्नु पर्नेमा सो बमोजिम न भैरहेको हाम्रो बुझाई छ । खास गरी देशको खाद्य सुरक्षा सुनिश्चितत गर्ने र कृषि व्यवसयिकरण मार्फत गरिवी निवारण र आर्थिक विकासको जगको रुपमा कार्य गर्ने कृषि क्षेत्रलाई उपेक्षा गरी विद्यमान कृषि विकासका संरचनाहरु भत्काउने र कृषि विकासमा संलग्न जनशक्तिले आज पर्यन्त देशको खाद्य पोषण सुरक्षा र कृषि व्यवसायिकरण मार्फत आर्थिक विकासको क्षेत्रमा पु¥याएको योगदानलाई मान मर्दन र कार्यरत कर्मचारीहरुको मनोवल घटाउने कार्य भै रहेको छ ।’
कृषि क्षेत्रको विकास र आत्मनिर्भरताको कुरा गर्ने तर कृषि प्राविधिकहरुको मनोवल गिराउने किमिसले गरिएको कर्मचारी संगठन संरचना गलत ढंगले तयार गरिएको समेत नाटाले जनाएको छ । विज्ञप्तिमा भनिएकोक छ, ‘कृषि प्राविधिकहरुलाई एकातर्फ आज स्थानीय तहमा कृषिको उचित संरचनाको अभावमा कृषकहरुले उचित प्राविधिक सल्लाह र सेवा लिनबाट बञ्चित हुने देखिएको छ भनेअर्कोतर्फ विद्यमान जनशक्तिलाई काम नदिई फाजिलमा राख्ने प्रपञ्च भै रहेको महशुस भएको छ । यो समस्यालाई बेलैमा सम्वोधन गरी प्राविधिकहरुलाई सम्मान पूर्वक आफ्नो पेशागत दायित्व निर्वाह गर्ने अवसर र अवस्था सृजना गर्न सम्वद्ध सवै पक्षको ध्यान जानु पर्ने हाम्रो मान्यता रहेको छ । ’
नाटाले देशको भाग्य र मुहार फेर्ने क्षेत्रको रुपमा स्थापित कृषि क्षेत्रको समग्र विकासको लागि सम्वद्ध पक्षहरुसँग सरसल्लाह र परामर्श लिई मात्र तीनै तहको संरचनाको अन्तिम ढुङ्गा लगाउन समेत जोडदार मााग रहेको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख १२, २०७५