शुक्रबार, बैशाख ७, २०८१

श्रीलङ्कामा खडेरीका कारण पाँच लाख नागरिक प्रभावित

कोलोम्बो,वैशाख । श्रीलङ्काका विभिन्न १० जिल्लामा लामो समयदेखि पानी नपर्दा करिब पाँच लाख मानिसले खानेपानी तथा बाली लगाउन नपाएका श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ ।
देशको उत्तरी, उत्तरपश्चिमी, र पूर्वी क्षेत्रमा रहेका विभिन्न १० जिल्लामा खानेपानीको चरम अभाव देखिएको छ ।
खडेरीका कारण उत्तर पश्चिमी प्रान्तको पुताला जिल्लाका दुई लाख १६ हजार नागरिक खानेपानीको चरम अभाव झेलेका छन् भने उक्त क्षेत्रमा लगाइएका तरकारी तथा अन्य हिउदे बाली समेत सुकेका बताइएको छन् ।
डिएमसीका प्रवक्ता प्रदीप कोदिप्पिलीले सिन्ह्वालाई भने, “खडेरीले खानेपानीको अभाव तथा खेतीबालीलाई सखाप पारेको छ ।” उनले देशको दक्षिणी, मध्य तथा पश्चिमी भूभागमा भने केही समय यता बर्षा भएकाले किसानले राहतको अनुभूति गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, बैशाख ६, २०७५