बिहिबार, बैशाख ६, २०८१

जंगली हात्तीले मकै सखाप ग¥यो

झापा, वैशाख । झापामा जंगली हात्तिका कारण किसान आतंकित भएका छन् । जिल्लाको दक्षिण पूर्वमा रहेको केचनकवल गाउँपालिका किसानले पाक्न लागेको बाली सग्लो थन्क्याउन पाएनन् ।
सीमा क्षेत्र रहेको यो गाउँमा दुई दिनदेखि भारतबाट आएका ११ वटा जंगली हात्तिको बथान पसेर मकै बाली ध्वस्त पारेको छ । स्थानीय बासिन्दा दलबहादुर तामाङ्गले दिएको जानकारी अनुसार विहीबारदेखि सो क्षेत्रमा आएको हात्तिको हुलले झण्डै दश विघाभन्दा बढी क्षेत्रमा लगाएको मकै बाली खाएको छ ।

प्रकाशित मिति: आइतवार, बैशाख २, २०७५