शुक्रबार, बैशाख ७, २०८१

भारतबाट दूध आयात घट्यो

नेपालगञ्ज, चैत्र । भारतीय सिमानासँग जोडिएको वाँके जिल्लाको नाका हुँदै भारतबाट आयात हुने दूध पछिल्लो समयमा घटेको छ । अहिले जिल्लामा नै दैनिक करीव दुई लाख लिटर दूध उत्पादन हुन थालेपछि भारतबाट दूध आयात घटेको हो ।
जिल्ला पशु सेवा कार्यालय वाँकेले दिएका जानकारी अनुसार किसानले विभिन्न दूध संकलन केन्द्रमा दूध कोहलपुर पिपरी स्थित दुग्ध विकास आयोजनाले खरिद गरेर ल्याउने गरेको छ । त्यसका लागि आयोजनाले ठाउँ ठाउँमा दूध संकलन केन्द्रहरु स्थापना समेत गरेको बताइएको छ ।
वाँकेमा उत्पादन भएको दूध दैनिक तीन हजार लिटर काठमाडौं लैजाने गरेको समेत कार्यालयले जानकारी दिएको छ । यातायातको असुविधान भएका राप्तीपारीका क्षेत्रमा उत्पादन भएको दूध भने भारतीय बजारमा विक्री हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २७, २०७४