बिहिबार, बैशाख ६, २०८१

बोली फेर्दे कृषि मन्त्री : माछा कृषि कि पशु भन्नेमा बबाल

काठमाडौं, चैत्र । जलचरका रुपमा रहेको माछा पशु हो कि वनस्पति भन्नेमा अहिले मन्त्रालय भित्रचर्को वहस चल्न थालेको छ । विगतदेखि नै कृषि विकास मन्त्रालय मातहतमा रहेको मत्स्यलाई पशुपन्छी अन्र्तगत राखिनु पर्नेमा विगतदेखि नै बहश चले पनि त्यसले सार्थका भने पाउन सकेको छैन ।
अहिले पशुपन्छी विकास मन्त्रालय र कृषि विकास मन्त्रालय मर्ज भईसकेको अवस्थामा पनि मत्स्यलाई कृषि अन्तर्गत नै राखिएको छ । यसलाई विवाद गर्ने भन्दा पनि माछा मासुका लागि प्रयोग गरिने भएकाले पशुपन्छी अन्तर्गत नै रहनु पर्दछ भन्ने कुरामा दुई मत नहुनु पर्ने तर त्यही भईरहेको छ ।
केही दिन अगाडि मात्र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल‘बलदेव’ को अध्यक्षतामा बसेको वैठकमा दुवै सेवाका विज्ञहरुले मत्स्य पशुपन्छी अन्तर्गत नै गरी निर्णय गरे । मन्त्री, मन्त्रालयका सचिव, सहसचिवहरु, महानिर्देशकहरु, कार्यक्रम निर्देशक लगायतले मज्जैले ताली बजाए र माछा पशुपन्छी मै रहने गरी निर्णय गरे ।
हुन यो विषयमा त्यत्ति ठूलो बहस र निर्णय नै गर्नु पर्ने अवस्था भने होइन । पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ ले पशुपन्छी भन्नाले जंगली जनावर, पाल्तु जनावर र पशु शब्दले पन्छी र माछालाई समेत जनाउँछ भनि उल्लेख नै गरेको छ । ऐनमा उल्लेखि कुरालाई यतिखेर बहशको विषय बनाएर माछा बनस्पति अन्तर्गत वा कृषि भित्र पर्दछ भन्नु कति उपयुक्त होला ।
कृषि मन्त्री आफैले केही दिन अगाडि माछा पशुपन्छी अन्र्तगत पर्ने बोलीलाई केही व्यक्तिको स्वार्थ अनुकूल पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ विपरित कृषिमा राख्न पहल गर्नु कानूनि विपरित हुने देखिन्छ । के यसरी मन्त्रीले ताली बजाएर गरेको बोलीलाई फेर्न मिल्ला ?

प्रकाशित मिति: मङ्लबार, चैत्र २७, २०७४