शुक्रबार, चैत्र १६, २०८०

उखु किसानले भुक्तानी पाएनन्

नवलपरास, चैत्र । चिनी उद्योगहरुले उखु किसानलाई दिन वाँकी रकम चैच २२ गतेदेखि दिने सहमति गरेको भएपनि नवलपरासीका चिनी उद्योगीहरुले उखु किसानहरुलाई अहिलेसम्म पनि भुक्तानी दिन शुरु गरेका छैनन् ।
सरकारले चिनी मिल सञ्चालनको समय भईसक्दा पनि उखुको मूल्य निर्धारण नगरेको अवस्थामा नवलपरासीका किसानले जिल्लाभित्र रहेका तीनवटा चिनी उद्योगलाई उधारोमा नै उखु दिएका थिए । उखु पेल्ने अन्तिम चरणमा सरकार चिनी उद्योगी र उखु किसाका प्रतिनिधि वीच भएको छलफलपछि चिनी उद्यागीहरुले चैत्र २२ गतेदेखि किसानलाई वक्यौता भुक्तानी गर्ने सहमति भएको भएपनि नवलपरासीमा अहिलेसम्म मिल सञ्चालकहरुले किसानको एक रुपैयाँ पनि नदिएको उखु उत्पादन किसान संघ नवलपरासीका अध्यक्ष उमेश यादवले बताएका छन् ।
यस वर्षको सिजनमा नवलपरासीमा १५ लाख क्विन्टल उखु पेलिएको थियो । नवलपरासीमा सुनवलको लुम्विनी चिनी उद्योग, कुडियामा रहेको बागमती खाडसारी तथा चिनी उद्योग र गंगापुरमा रहेको इन्दिरा सुगर मिल गरी तीनवटा चिनी उद्योगहरुले किसानलाई दिनु पर्ने करीव ५५ करोड रुपैयाँरकम नदिएको यादवले बताए ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २७, २०७४