काठमाडौं, कार्तिक । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा स्थापना गरिएको पशुपन्छी विकास मन्त्रालयको दुइवर्ष पुग्दा नपुग्दै अस्तित्व नै मेटिने भएको छ । नयाँ संविधानले दिएको अधिकार बमोजिम न्यूनतम मन्त्रालय बनाउने क्रममा पशुपन्छी विकास मन्त्रालयको अस्तित्व जोखिममा पर्न लागेको हो ।
कृषि विकास मन्त्रालयबाट विभाजित भएको पशुपन्छी विकास पनि मर्ज हुने अवस्थामा अस्तित्व नै सखाप पारेर मर्ज हुने भएको स्पष्ट देखिएको छ । कृषि विकास मन्त्रालयमा, सहकारी, भूमिसुधार मन्त्रालय समेत गाभिने भएपछि पशुपन्छी विकास मन्त्रालयको अस्तित्व नै जोखिमा परेको मात्र होइन यदि अहिले तय गरिएको नामाकरण अनुसार हेर्ने हो भने कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय बनाउने हो भने पशुपन्छीको नाम निसान नै मेटिने भएको छ ।
कृषिसँग प्रत्यक्ष सरोकार राख्ने पशुपन्छी विकास मन्त्रालयको अस्तित्व नै मेटिने गरी नयाँ संरचनाको खाका तयार गरिँदा समेत हिजो कृषि विकास मन्त्रालय विभाजन हुँदा हर्ष बढाई गर्नेहरु नयाँ मन्त्रालय गाभिने बेलामा पशुपन्छीको अस्तित्व जोगाउन लागेको देखिंदैन ।
कृषि विकासको लागि अत्यन्तै महत्वपूर्ण मानिएको र कृषि विकास मन्त्रालयसँगै रहनु पर्ने सिंचाई मन्त्रालयललाई वेग्लै अस्तित्व दिईरहेको बेला पशुपन्छी विकास मन्त्रालयको अस्तित्व नै सखाप हुन लागेको छ ।
पशुपन्छी विकास मन्त्रालयको अस्तित्व जोखिममा

Add Comment