काठमाडौं, भाद्र । कृषि विकास मन्त्रालय मातहतमा रहेको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनामा कृषि मन्त्री रामकृष्ण यादवले आफ्ना नातेदार भएको भन्दै शिवनन्दन साहलाई पुन ः आयोजना प्रमुख बनाएका छन् ।
आयोजना शुरुवात भएदेखि नै प्रमुखका रुपमा रहेको उनलाई सो आयोजनाका लागि योग्य व्यक्ति नभएको भन्दै तात्कालीन कृषि मन्त्री गौरीशंकर चौधरी र राज्य मन्त्री राधिका तामाङले सरुवा गरेका थिए । सो आयोजनामा कृषि क्षेत्र कै वा जलवायु सम्वन्धि जानकार उपसचिवलाई परियोजना प्रमुख बनाउनु पर्ने थियो । तर त्यसो हुन सकेन । त्यत्तिमात्र होइन तीन वर्ष आयोजना प्रमुख भएर काम गर्दा पनि खासै उपलब्धी हासिल गर्न नसकेपछि उनलाई गत वर्ष मात्र सरुवा गरिएको हो । त्यसबेला आफ्नो सरुवा रोक्नका लागि उनले माओवादीका नेताहरु नै प्रयोग गरेका थिए । सामान्य प्रशासन मन्त्रालयबाट फाइल समेत फिर्ता गर्न लगाए । पछि केही नलागेपछि कृषि विकास मन्त्रालयले उनलाई सरुवा गरी विष्णु शर्मालाई आयोजना प्रमुख बनाएको थियो । शिवनन्दन शाह कृषि क्षेत्रमा दख्खल पु¥याउने व्यक्ति नभै तथ्यांकका व्यक्ति हुन् । उनलाई सरुवा गरिएपनि कृषि विकास मन्त्रालयको तथ्यांक शाखा वा नभए तथ्यांक विभागमा सरुवा गर्नु पर्नेमा आर्थिक मामिलामा निकै नै चलखेल गर्न सिपालु मानिएका साहले विष्णु शर्मा माओवादी मन्त्री भएको बेलामा सो आयोजनामा गएको र शर्मालाई माओवादी भएको भन्दै आफूलाई कट्टर कांग्रेस र मन्त्री यादवको पारिवारिक व्यक्तिबाट पहुँच पु¥याएर दोहो¥याएर आयोजनामा प्रमुख भएर गएका हुन् ।
उनी हुँदा आयोजनाले गरेको काम हेर्ने हो भने के के उपलब्धी भयो भन्ने स्पष्ट हुन्छ । कुनै पनि काम गर्दा कमिशन विना नगर्ने साह आयोजनामा मरिहत्ते गरेर दोस्रो पटक आयोजना प्रमुख हुनुको कारण अरु के होला र ?
कसरी गए शिवनन्दन साह जलवायुको प्रमुखमा

Add Comment