सोमवार, अशोज ८, २०८०

विचौलियाका कारण किसान मर्कामा

धार्दिङ, असार  ८ । उपभोक्ताले तिरेको मूल्यको ५० प्रतिशत मात्र तरकारी उत्पादक किसानले पाउने सके यहाँका किसानले आम्दानी तीन गुणाले बढ्ने एक सर्वेक्षणले देखाएको छ ।
तरकारी उत्पादक किसान, खुद्रा तरकारी विक्रेता र उपभोक्तावीच गरिएको एक सर्वेक्षण अनुसार उपभोक्ताले तिरेको मूल्यको झण्डै तीन गुणा कम मूल्य तरकारी उत्पादक किसानले पाउन गरेका छन् ।
बजारमा उपभोक्ताले प्रतिकिलो ८० रुपियाँमा किन्ने गरेको तरकारीको मूल्य किसानले मुश्किलले प्रतिकिलो २० देखि २५ रुपियाँसम्म पाउने गरेका छन् । दुख गरी खेती गर्ने किसानको भन्दा तरकारीलाई उपभोक्ता माझ विक्रीका लागि लैजाने विचौलियाले अत्यधिक मुनाफा कमाउने गरेका छन् ।
विचौलियाका कारण तरकारी उत्पादक किसान र उपभोक्ता दुवै ठगिने गरेका छन् । धादिङवेशीमा नियमित रुपमा तरकारी व्यापार गर्दै आएकी गंगा लम्साल विचौलियाका कारण तरकारी उत्पादक किसानले लागत मूल्य समेत पाउन नसकेको गुनासो गरिन् । वर्षभरी उत्पादन ग¥यो बजारमा भाउ छैन, बीउको मूल्य उठ्न पनि धौ धौ हुन्छ । आफ्नो परिश्रम त परै जाओस् उनले दुखेसो गरिन् ।
त्यस्तै धादिङबेंशीमा नियमित रुपमा तरकारी व्यापार लागि आउने नलाङका हरि सिलवाल विहान ३ बजे नै डोकोमा तरकारी बोकेर ३ घण्टाको पैदल हिंडेर बजारमा तरकारी बेच्दा पनि छोराछोरीलाई कापी कलम किन्न मुश्किल पर्ने बताउंछन् ।

प्रकाशित मिति: बिहिबार, असार ८, २०७४