शनिबार, अशोज १३, २०८०

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ घोषणा

काठमाडौँ, जेठ । हरेक वर्ष प्रदान गरिंदै आइएको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ यस वर्ष पनि विभिन्न जिल्लाका पाँच जनालाई प्रदान गरिने भएको छ । कृषि विकास मन्त्रालयमा कृषि सचिव डा सुरज पोखरेलको अध्यक्षतामा बसेको बैठकले सर्लाही, हरिपुर नगरपालिका–९ का माछापालन व्यवसायी अफजल हुसेन, नवलपरासी हप्सेकोट गाउँपालिका–३ का तरकारीखेती गर्ने कृषक थमबहादुर रजाली मगर, डडेल्धुरा अजयमेरु गाउँपालिका–४ का बाख्रापालक खडकसिंह विष्ट र पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का इन्द्रकुमारी लावतीलाई एकीकृत खेतीको विकासका लागि सो पुरस्कार दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ १४, २०७४