मङ्लबार, अशोज ९, २०८०

सहसचिवद्वयको जिम्मेवारी हेरफेर

काठमाडौं, फागुन । कृषि विकास मन्त्रालयमाको नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाका प्रमुख डा. सुरोज पोख्रेल सचिवमा बढुवा भएको लामो समय पश्चात सो महाशाखामा ल्याएका राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष नाडेफका सदस्य सचिव डा. सुरेशबाबु तिवारीलाई फेरि सो महाशाखाबाट परिवर्तन गरिएको छ । तिवारीलाई सहसचिव लेखनाथ आचार्यले सम्हाल्दै आईरहेको खाद्य सुरक्षा तथा वातावरण महाशाखाको प्रमुख बनाइएको छ भने आचार्यलाई नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाको प्रमुखका रुपमा जिम्मेवारी फेरवदल गरिएको छ ।
त्यसैगरी कृषि अनुसन्धान तथा विकास कोष (नाडेफ) मा भने क्षेत्रीय कृषि निर्देशनालय पूर्वाञ्चलका क्षेत्रीय निर्देशक तारा श्रेष्ठलाई सरुवा गरी ल्याइएको छ । अहिले क्षेत्रीय कृषि निर्देशनालयमा क्षेत्रीय निर्देशक पद रिक्त छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १६, २०७३