मङ्लबार, अशोज ९, २०८०

पशुपन्छीमा सरुवा आतंक, मन्त्रालयमा कार्यकक्ष अभाव

काठमाडौं, माघ । पशुपन्छी विकास मन्त्रालयमा यतिखेर सरुवा आतंक देखिएको छ । पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभाग मातहतमा चार वटा कार्यक्रम निर्देशनालय रहेको भएपनि ती चारै निर्देशनालयका कार्यक्रम निर्देशनालयका प्रमुखहरुको सरुवा नगरिएपनि केही निर्देशनालयमा सरुवाको तयारी गरिएको छ । भने निर्देशनालय मातहतमा रहेका केही कार्यक्रम प्रमुखहरुको पनि सरुवाको आतंकले कर्मचारीहरु काम नै गर्न छाडिसकेका छन् । pasu minitry
पशुपन्छी विकास मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री दाहालले पशुपन्छी विकास मन्त्री नियुक्ति गर्न नसक्दा मन्त्रीको सचिवालय माथिको आदेश भन्दै सचिव सरुवाको खेल खेल्न शुरु गरिएको बताइएको छ । श्रोतका अनुसार पशु स्वास्थ्य निर्देशनालयमा रहेका डा विजयचन्द्र झालाई निर्देशनालयबाट सरुवा गरी उप महानिर्देशक वा मन्त्रालयको सहसचिवमा लैजाने तयारी गरिएको छ । त्यसैगरी पशु स्वास्थ्य निर्देशनालमा भने डा सम्झना पाण्डेलाई कार्यक्रम निर्देशकका रुपमा सरुवा गर्न खोजिएको छ । डा. पाण्डे पशु स्वास्थ्य निर्देशनालयमा सरुवा हुने चर्चा चलेको धेरै भएको भएपनि अहिलेसम्म सरुवा भने भएको थिएन । त्यसैगरी पशु उत्पादन निर्देशनालयका डा केशवप्रसाद अछामीलाई पनि सो निर्देशनालयबाट हटाउने तयारी गरिएको छ । त्यसैगरी केही महिना अगाडि मात्र पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयमा पुगेका डा. बलराम थापालाई पनि सो निर्देशनालयबाट हटाउने तयारी गरिएको छ । तर पशुपन्छी विकास मन्त्रालय मातहतमा सहसचिवको अभाव भएका कारण मन्त्रालयले सरुवालाई व्यवस्थापन भने गर्न सकिरहेको छैन ।
मन्त्रालय एकातिर सहसचिव स्तरका कर्मचारीहरुको सरुवाको खेलमा लागेको देखिन्छ भने अर्कोतिर मन्त्रालयमा कार्यरत उच्च कर्मचारीहरुलाई बस्ने ठाउं समेत व्यवस्थापन गर्न सकेको छैन । कृषि विकास मन्त्रालयबाट विभाजन भएर छुट्टै मन्त्रालय भएदेखि नै मन्त्रालयका कर्मचारीहरु कार्यकक्षको अभावका कारण अन्यौलमा नै काम गरिरहेका छन् । मन्त्रालयमा लामो समयदेखि प्रशासन महाशाखाको सहसचिव रिक्त भएका कारण प्राविधिक सहसचिवले नै प्रशासन र प्राविधिक दुवै काम गर्नु पर्ने वाध्यता देखिएको छ । प्रधानमन्त्री स्वयं मन्त्री भएको मन्त्रालयमा कर्मचारीहरुलाई कार्यकक्षको अभाव भएको बर्षौ वितिसक्दा पनि कर्मचारीको दरवन्दी थप गर्ने तर कार्यकक्षको व्यवस्थापन गर्ने कार्य भने गर्न नसक्दा पशुपन्छी विकास मन्त्रालयको कर्मचारीहरुमा निराश उत्पन्न भएको देखिन्छ ।

प्रकाशित मिति: आइतवार, माघ २३, २०७३