काठमाडौं, माघ । सरकारले एनजिओ आइएनजिओको कार्यक्रममा सरकारी उच्च पदस्थ कर्मचारीहरुलाई कुनै पनि कार्यक्रममा भाग नलिन आग्रह गरेको छ । तर सरकारको निर्णयलाई खिल्ली उडाउंदै कृषि विकास मन्त्रालय मातहतमा रहेको राष्ट्रिय बीउ विजन कम्पनीका अध्यक्ष बालकृष्ण गिरी, प्रवन्ध सञ्चालक धर्मदत्त अधिकारी, कृषि विकास मन्त्रालयका सहसचिव ईश्वरप्रसाद रिजाल समेत यतिखेर अमेरिका पुगेका छन् ।
अमेरिकाको seed agro inc ले आयोजना गरेको जैविक अनुसन्धान कार्यक्रममा सहभागी हुन बीउ विजन कम्पनीका अध्यक्ष लगायत बीउ विजन कम्पनीकै बजेटबाट विदेश पुगेका हुन् । किसानहरुले गुणस्तरीय बीउ अभाव खेपिरहेका बेला त्यही किसानका लागि गुणस्तरीय बीउ उत्पादनका लागि राज्यले छुट्याएको बजेटमा विदेश शयर गर्नु आम नेपाली किसानहरुको लागि धोका भएको कृषि विज्ञहरु बताउंछन् ।
सरकारले एनजिओको कार्यक्रममा सहभागी नहुनु भन्दा भन्दै सरकारी रकममा विदेश जानका लागि कृषि विकास मन्त्रालयले किन स्वीकृत गरेको छ ? त्यो भने चर्चाको विषय बनेको छ । केही दिन अगाडि जर्मन पुगेका कृषि विकास मन्त्री गौरी शंकर चौधरी पनि जर्मनबाट अमेरिका पुगेका छन् ।
एनजिओको कार्यक्रममा बीउको पैसाले अमेरिका

Add Comment