शनिबार, अशोज १३, २०८०

धमाधम सार्वजनिकीकरण हुँदै प्रम कृषि परियोजना

झापा, पौष । कृषि विकास मन्त्रालयले चालु आर्थिक बर्षदेखि शुरु गरेको स्वदेशी लगानीमा ल्याइएको ठूलो आयोजनाका रुपमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जिल्ला जिल्लामा धमाधम उद्घाटन गर्ने, सार्वजनिक गर्ने गरिन थालिएको छ । pm-projcet
निकै तामझाप सहित पौष ६ गते कैलालीको गहुँको सुपरजोन उद्घाटना प्रधानमन्त्री पुष्पकमल दाहालले गरेपछिका दिनहरुमा जिल्लाहरुमा त्यसको प्रभाव देखिएको छ । उद्घाटन र परियोजना सार्वजनिकीकरणले सकारात्मक सन्देश दिएको भएपनि आगामी दोस्रो चौमासिकमा आउने यो परियोजनाको नतिजाले परियोजना साँच्चै उत्कृष्ठ हो या होइन भन्ने निर्णय गर्न सकिने जानकारहरु बताउंछन् । जिल्ला कृषि विकास कार्यालय झापाले पनि करीव ११ करोड बराबरको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सार्वजनिक गरेको छ ।
यसका लागि सरकारले यसवर्ष झापामा सुपरजोनका लागि रु चार करोड ४७ लाख ९९ हजार, ब्लकका लागि रु दुई करोड सात लाख ९३ हजार र पकेट क्षेत्रका लागि रु चार करोड ७९ लाख ३५ हजार बजेट विनियोजन गरेको छ झापाको दक्षिणी तथा पूर्वी क्षेत्रका पाठामारी, बालुवाडी, केचना, पृथ्वीनगर, बनियानी र घेराबारी गाविसमा यस वर्षदेखि धानमा ‘सुपरजोन’ क्षेत्र कार्यक्रम सुरु गरिएपछि आगामी दिनमा सञ्चालन हुने कार्यक्रम सार्वजनिक गरिएको हो ।
त्यसैगरी धादिङमा पनि मकै जोनका रुपमा रहेको सो परिजना सार्वजनिकरण गरिएको र सरोकारवाला निकायसंग छलफल कार्यक्रम अगाडि बढाएको परियोजन संयोजनले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७३