बाँके, पौष । किसानले उत्पादन गरेको धान खरिद गर्दा विगतमा सरकारले तोकेको मूल्य बमोजिम नै नेपाल खाद्य संस्थानले खरिद गर्ने गरेका कारण किसानहरु खाद्य संस्थानलाई धान विक्री गर्न लालायित देखिन्थे । तर अहिले परिस्थिति परिवर्तन भएको छ । किसानहरु आफूले उत्पादन गरेको धान विक्रीका लाग खाद्य संस्थान होइन निजी व्यक्तिहरु तर्फ लालायित भएका छन् ।
सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपछि किसानहरु अहिले निजी कम्पनी तथा व्यक्तिलाई धान धमाधम विक्री गर्न थालेका छन् । सरकारले तोकेको समर्थन मुल्य मोटा धान प्रतिक्विन्टल रु २ हजार ५० र मध्यम धानको रु २ हजार १ सय ५० मूल्य निर्धारण गरेकाका कारण संस्थानलाई धान विक्री गर्न छाडेका छन् । पछिल्लो समयमा चामल उत्पादन गर्ने खाद्य उद्योगहरु बढ्दै गएका कारण धानको अभाव नहोस् भन्दै खाद्य संस्थानले दिएको मूल्य भन्दा बढी मूल्य तिरेर किसानसंग व्यापारीहरुले धान खरिद गर्न थालेपछि यो अवस्था आएको हो ।
समर्थन मूल्य भन्दा बढी मूल्यमा संस्थानले धान खरिद गर्न सक्दैन तर निजी क्षेत्रले भने संस्थानलाई धान विक्री किसानहरुले नगरुन् भन्ने सोचले बढी मूल्य दिन थालेका छन् । यसले किसानहरुलाई भने फाइदा पुगेको देखिन्छ ।
धानको खरिद मूल्य संस्थानको भन्दा निजीको बढी

Add Comment