मङ्लबार, अशोज ९, २०८०

श्रीनगरले गर्यो पशुपन्छी बीमाको सम्झौता

काठमाडौं, पौष । श्रीनगर एग्रोले पशुपंक्षी तथा माछापालनमा लागेका किसानहरुलाई मध्यनजर गर्दै विगत लामो समयदेखि कृषि पेशाको दीगो विकासका लागि विभिन्न सेवा र परामर्शको विकास गदैै आईरहेको छ । सोही परिप्रेक्ष्यमा किसानलाई सुरक्षित गराउने उदेश्यले श्रीनगरबाट सेवा लिईरहेका आफ्ना किसानहरुका लागि पशुपन्छी बीमा गराउनका लागि ओरिएण्टल इन्सुरेन्ससंग सम्झौता गरेको छ । insurance-mou
सो सम्झौताले श्रीनगरको सुनौलो सेवालाई मजबुत बनाउंदै किसानको मेहनत र लगानीलाई सुनिश्चित पार्नमा मद्दत पुग्ने श्रीनगर एग्रोका प्रवन्ध निर्देशकब सतिश चन्द्र श्रेष्ठले बताएका छन् । यो सम्झौता पछि ब्रोइल, लयर्स, प्यारेन्टस्, गाई गोरु, रांगो, भैसी पाडापाडी, बंगुर बोका, खसी बाख्रा एवं माछापालनको बीमा श्रीनगर मार्फत नै गर्न सक्ने व्यवस्था गरेको छ ।
कुनै पनि रोग लागेर पशुपन्छी मरेमा , हराएमा आगलागी, बाढी पहिरो, भूकम्प आदिमा पशुपन्छीको मृत्यु वा क्षति हुन पुगेमा बीमा कम्पनीले उक्र हानी नोक्सानीको ९० प्रतिशत क्षतिपूर्ति प्रदान गर्ने भएकाले किसानहरुलाई पेशाबाट पलायन हुन बाट रोक्न मद्दत पुग्ने श्रीनगरले जनाएको छ । बीमाका लागि गत बर्षदेखि सरकारले ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । – मिनाक्षी विष्ट

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७३