बिहिबार, अशोज ११, २०८०

पशु सेवाको विषय छाँयामा पारिएको छ

Bimal kumar nirmal

डा. विमलकुमार निर्मल
महानिर्देशक, पशु सेवा विभाग

० पशु सेवा विभागको महानिर्देशक बन्नु भएको छ किसानले के अपेक्षा गर्ने ?
महानिर्देशक त म अहिले मात्र भएको हो तर पच्चीस बर्षदेखि म पशु सेवाकर्मी भएर किसानहरुको घर दैलोमा पुगेर सेवा गर्दै आईरहेको छु । अहिले पशुपालन क्षेत्रमा धेरै चुनौतीहरु देखिएका छन् । ती चुनौतीहरुलाई चिर्दै किसानहरुलाई कसरी सेवा सुविधा दिने, विभाग र मातहतका कार्यालयहरुको सेवालाई कसरी प्रभावकारी बनाउने र किसानहरुले कसरी घर दैलोमा नै पाउनु पर्ने सुविधा पाउन सक्छन् भन्ने कुरामा नै हाम्रो जोड रहने छ ।
० पशुपालन क्षेत्र पछिल्लो समयमा आकर्षणको केन्द्र विन्दु पनि भएको छ । तीनबर्षभित्र दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्ने सरकारको योजना पनि कसरी अगाडि बढाउनु हुन्छ आफ्ना कार्यक्रम ?
पशुपालन क्षेत्रमा ७५ प्रतिशत भन्दा बढी जनताहरु आश्रित छन् । निर्वाहमूखि वा जिविकोपाजर्नका लागि मात्र अझ भन्दा कृषिलाई सहयोग पुग्ने गरी गरिने पशुपालन एक किसिमको छ भने विगत चारपाँच बर्षको अवधिलाई हेर्ने हो भने व्यवसायिक रुपमा अर्को पशुपालनको किसिम छ । व्यवसायिक पशुपालनबाट कति उद्यमी भएको छन् । यसले के प्रष्ट पार्दछ भने पशुपालनको बृद्धि हुनु नै हामी आत्मनिर्भरतिर अगाडि बढिरहेका छौं भन्ने प्रष्ट हुन्छ । प्रशोधनका क्षेत्रमा बजारीकरण क्षेत्रमा विविधिकरणका क्षेत्रमा र पछिल्लो समयमा मूल्य श्रृखलाका क्षेत्रमा हेर्ने हो भने उद्योगको रुप लिईसकेको छ ।
० पशुपालनका क्षेत्रमा व्यवसायिकरण हुन थाले तर पशुपालनका लागि आवश्यक दाना, पशुऔषधीमा किसानहरु अझै मारमा परेका छन् नि त ?
हामी अझै पनि दानाका लागि आवश्यक ७० प्रतिशतभन्दा बढी कच्चा पदार्थमा परनिर्भर हुनु परेको छ । नेपालमा खासगरी दूध उत्पादनका लागि दानालाई महत्व दिनुभन्दा घांसलाई महत्व दिनु पर्ने आवश्यक छ । किन भने नेपालको उत्पादकत्व १० लिटर प्रतिदिन एउटा गाईको छ । त्यसकारण पनि हामीले घांसलाई नै महत्व दिनु पर्दछ । अर्कोकुरा संगसंगै के गर्नुपर्दछ भने दानाका लागि आयात गरिएका कच्चा पदार्थलाई पनि प्रतिस्थापन गर्नु आवश्यक छ । हामीले ल्याएको फोरेज मिसन चरन अभियान कार्यक्रममा किसानसंग समन्वय गरेर खासगरी कच्चा पदार्थ दानका लागि मकै र भटमासमा करार गराउने जसले दूध उत्पादन बृद्धि गर्नका लागि मद्दत गर्दछ । अर्को क्षेत्र हो कुखुरा जसलाई दानको विकल्प छैन । कुखुरालाई त घांसले हुंदैन । कुखुरा उत्पादनका लागि बढी कच्चा पदार्थ चाहिने हो । नेपालमा फस्टाउंदै गएको कुखुरा पालन जसलाई हामी नगदे बस्तुका रुपमा पनि लिन थालेका छौं । अहिले हेर्ने हो भने यो क्षेत्रमा अबौं रुपैयां लगानी भईसकेको छ । त्यसकारण निजी साझेदारी कार्यक्रम बनाएर किसानलाई अनुदान दिने । जसले गर्दा कच्चा पदार्थ उत्पादनमा बृद्धि गरेर परनिर्भरतालाई अन्त्य गर्ने योजनामा हामी लागेका छौं ।
० यहांले पटक पटक एउटै कुरा उठांदै आईरहनु भएको छ । कृषि क्षेत्रको विकास गर्ने हो भने पशु सेवाको क्षेत्रको पनि विकास हुनु जरुरी छ भनेर तर कार्यान्वन गर्न धेरै जटिल होला नि ?

त्यो भन्नुको कारण के हो भने हाम्रो कूल ग्रार्हस्थ उत्पादनको कुरा गर्ने हो भने नम्वर १ मा धान पर्दछ । धानको लागि सिंचाई चाहियो जहां उर्वर जग्गा छ तर सिंचाई छैन भने उत्पादन हुंदैन । तर पशुपालनका लागि अनुत्पादनक जग्गाहरुमा नै गर्न सकिन्छ । पशुपालन क्षेत्र सजिलो र कम लगानीमा गर्न सकिन्छ र अर्कोकुरा जिविकोपार्जनका लागि आफूसंग भएको श्रोत र साधनलाई प्रयोग गरेर सानो रुपमा पनि गर्न सकिन्छ । व्यवसायिकरण गर्दछु भनेर पनि जान सकिन्छ । मूल्य श्रृखलाका आधार लैजान्छु भन्न पनि सकिन्छ । जिविकोपार्जनका लागि पनि ठिक, व्यवसायिकरण गर्न पनि ठिक, रोजगारीको श्रृजना गर्न पनि ठिक र उद्योगका रुपमा अगाडि बढाउन पनि ठिक । यस्तो क्षेत्र म अरुमा देख्दिन ।
० पच्चीस बर्षसम्म अनवरत रुपमा पशु सेवामा काम गर्नु भयो । यो क्षेत्रको विकास गर्नका लागि प्रमुख समस्या के हो ?
पशुपालन कृषि क्षेत्रको एउटा अभिङ्ग हो । यसको विकास लागि योजनालाई हेर्ने हो भने, विगतको पञ्चबर्षिय योजना होस् वा २० बर्षे कृषि नीति नै होस् । यी दुवै योजनालाई हेर्ने हो भने कृषिको कुरालाई लिएर पशु सेवाको विषयमा छांयामा परेको जस्तो लाग्दछ । अहिलेको एडिएसमा पशुपालन क्षेत्र पनि उर्वर क्षेत्र हो, यसले किसानहरुको आयबृद्धि गर्दछ रोजगारीको ग्यारेण्टी गर्दछ, थोरै जग्गाबाट प्रशस्त आम्दानी लिन सकिन्छ भन्ने कुरालाई लिएको देखिन्छ । जुन अहिले स्थापित नै भईसकेको पनि छ । यो क्षेत्रलाई छांयामा राख्ने वित्तिकै यसमा लगानी कम भएको हो । उत्पादनका लागि लगानीको कुरा, गुणस्तरीयतको कुरा अनि किसानलाई सुविधाको कुरा पनि पछाडि नै परेको हो । नेपाल जस्तो देशका पशुपालनमा रोगदेखि, अंगभंग मृत्युसम्मका कुराहरुले गांजिरहेको छ । तर किसान सुरक्षित कहिल्यै पनि भएनन् । अहिले बरु बीमाको कुरा आएको छ यसले केही हदसम्म भएपनि राहत मिलेको देखिन्छ । प्रमुख समस्या भनेको आजका दिनसम्म पनि पशुपालक किसानहरुले सहज रुपका ऋण पाईरहेको अवस्था छैन । हामी आफैसंग पनि प्रशस्त मात्रामा प्राविधिकहरु छैनन् । एउटै गाविसमा आठ दशबटा फार्महरु पनि देखिएका छन् । त्यस्तोमा एउटा प्राविधिकले कसरी सेवा पु¥याउन सक्छ । किसानहरुका लागि आवश्यक साधारण सेवाहरु समेत पु¥याउन नसकेका कारण पशुसेवा पछि परेको हो ।- वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, मंसिर १२, २०७३