शनिबार, अशोज १३, २०८०

निर्लज्ज कृषि मन्त्री, मन्त्रालयको उपलब्धि खोइ ?

काठमाडौं । अघिल्लो पटक केपी शर्मा ओलीको नेतृत्वको सरकारका पालामा कृषि विकास मन्त्रालय एमाओवादीको भागमा परेको थियो । कृषि मन्त्री बने एमाओवादीका वरिष्ट नेता हरिबोलप्रसाद गजुरेल । नौ महिना कृषि विकास मन्त्रालयमा शासन सम्हालेका गजुरेलले कृषि मन्त्रालयमा बसेर के गरे वा गरेनन् भन्दा पनि मन्त्रालयले गर्न नसकेका काममा कर्मचारीहरुलाई दोष दिएनन् । बरु मन्त्रालयले विदाई गर्दा नौ महिनाको बीचमा गर्न नसकेका कामको दोष आफनै थाप्लो रहेको बताए । gaurisankar-chaudhari

उनकै पालामा कृषि विकास मन्त्रालय विभाजन भयो र पशुपन्छी विकास मन्त्रालय बन्यो । मन्त्रालय विभाजन गर्न हुन्न भन्ने पक्षमा खुलेरै लागे । तर मन्त्रालय एक हुन सकेन । ओली नेतृत्वको सरकार माओवादीले नै ढाल्यो । प्रधानमन्त्री बन्दिन भनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नौ महिनाका लागि प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेको करीव तीन महिना वित्न लाग्दा पनि खासै प्रभावकारी काम गर्न नसकेको महशुस गरेर आफ्नो मन्त्रीहरुलाई गत शुक्रबार छलफलका लागि बोलाए । र भने सरकार बनेको यत्तिका समय भयो तर उपलब्धी हुन सकेन दोष कस्तो ? माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको प्रश्नमा नाजवाफ भए, बोल्नै सकेन । प्रधानमन्त्री दाहालको आंखा सिंधै कृषि मन्त्री गौरीशंकर चौधरीतिर जुधे । नेपाली कांग्रेसले कृषि विकास मन्त्रालय माग्दा माग्दै पनि आफ्नै भागमा राखियो तीन महिनाको प्रगति के भयो ? मन्त्री चौधरीले जवाफ दिन सकेनन् । किनकी उनले मन्त्री भएर आएदेखि उपलब्धि मूलक काम नै गर्न सकेका थिएनन् । कृषि मन्त्रीका विरुद्ध माओवादी केन्द्र निकट किसान संगठन, कृषि विकास मन्त्रालय मातहतमा रहेको कर्मचारी संगठनहरुको उजुरीका थुप्रो परेको थियो । उजुरीका विषयमा प्रधानमन्त्रीले मन्त्री चौधरीलाई सोधे सो विषयमा पनि उनी बोल्न सकेनन् र निहुरिएर बसे । मन्त्री चौधरी मलिन देखिए पछि प्रधानमन्त्री दाहालले सात दिन भित्र उपलब्धि पेश गर्न निर्देशन दिए । नभए मन्त्रीबाट फिर्ता बोलाउने चेतावनी समेत दिएका थिए । कृषि मन्त्री चौधरीलाई मात्र होइन मन्त्री पद ओगट्ने तर जनताको काम नगरी आफ्नै स्वार्थमा डुब्ने मन्त्रीहरुलाई दाहाले चेतावनी दिएका थिए ।
कृषि मन्त्री चौधरीले कृषि विकास मन्त्रालयमा आएदेखि किसान संगठन, कर्मचारी संगठनको सल्लाह विपरित काम गर्दै आईरहेको आरोप लाग्दै आईरहेको छ ।
हुन पनि हरिबोल गजुरले कृषि विकास मन्त्रालयमा जसरी क्रियाशील ढंगले काम गरेका थिए । सोही अनुरुप हुन्छ होला भन्ने आशा लिएका माओवादी केन्द्र निकट कर्मचारी एवं किसानसंग सम्वन्धित संघ संगठनहरु निराश बनेका छन् ।   ।

प्रकाशित मिति: आइतवार, कार्तिक २१, २०७३