शनिबार, बैशाख ८, २०८१

प्रास(नासु)को कोटामा सहसचिवहरु जापान, कृषि मन्त्री कोरिया उडे

काठमाडौं, कार्तिक । सरकारी उच्च कर्मचारीहरु विदेश जानका लागि कत्तिसम्मको लालची छन् भन्ने कुराको पुष्टि कृषि विकास मन्त्रालयका सहसचिवहरुले गरिदिएका छन् । विदेशी संस्थाका तालिम गोष्ठिहरु कृषि विकास मन्त्रालयका सहसचिव स्तरका कर्मचारीहरु पटक पटक विदेश जाने गरेका छन् ।
अहिले जापानमा यही अक्टोबर १५ देखि २९ गतेसम्म हुन गईरहेको ःMarket Oriented Horticulture Production विषयक कार्यक्रममा सो सम्वन्धि प्राविधिक सहायक स्तरका कर्मचारीहरुलाई निम्तो पठाएको भएपनि प्राविधिक सहायकको निम्तो मान्न कृषि मन्त्रालयका सहसचिवहरुको लर्को लागेको छ । japan-jadai
जापान जानेहरुमा कृषि विकास मन्त्रालयका सहसचिव डा सुरोड पोख्रेल, काशीराज दाहाल, कृृषि विभागका महानिर्देशक युवकध्वज जिसी, कृषि विभागका वरिष्ट कृषि प्रसार अधिकृत अम्मरराज शर्मा घिमिरे, जिल्ला स्तरबाट वरिष्ट कृषि प्रसार अधिकृत राजेन्द्र कुमार मल्ल,, दिपक पौडेल, होमराज विष्ट, नारायण कुमार श्रेष्ठ लगायत एक दर्जन व्यक्ति अहिले जापान पुगिसकेका छन् ।
रा.प.प्रथम श्रेणीका कर्मचारीहरु बाहेक अन्य कर्मचारीहरुको हकका सचिवबाट मनोनया हुनु पर्ने भए पनि सचिवको समर्थन विना नै जापान तालिममा पुगेका देखिन्छ । तर राप द्धितिय श्रेणी सम्मका कर्मचारीहरुको हकमा कृषि विकास मन्त्रालयको छात्रबृद्धि, तालिम, अध्ययन भ्रमण सिफारिस समितिले समर्थन गर्नु पर्ने भएको भएपनि सो नियम तोडिएको देखिन्छ । जापान जाने एक दर्जन कर्मचारीहरुको टोलीको कृषि मन्त्री गौरी शंकर चौधरीले सिंधै सदर गरेको देखिन्छ ।
कृषि मन्त्री कोरिया उडे
यसैवीच कृषि विकास मन्त्री गौरीशंकर चौधरी पनि  कोरिया सरकारको निमन्त्रणमा आईतबार राती कोरिया उडेका छन् ।कृषि मन्त्रीका साथमा मन्त्रालयका प्रवक्ता एवं सहसचिव पनि कोरिया भ्रमणमा जान लागेको मन्त्रालय श्रोतले बताएको छ ।
विदेश जाने उच्च कर्मचारीको नामावली सार्वजनिक गरिने
कृषि विकास मन्त्रालयबाट तालिम, गोष्ठि, भ्रमणका नाममा विदेश जाने उच्च अधिकारीहरुको संख्या बढेको मात्र होइन, एकै व्यक्ति पटक पटक विदेश जाने थालेपछि त्यसलाई रोक्नु पर्ने आवाज उठिरहेको छ । तालिम गोष्ठिका नाममा उच्च कर्मचारीहरुको विदेश भ्रमणका नाममा मन्त्रालयका काममा भन्दा विदेश शयरमा नै मस्त हुन थालेका उजुरी परेपछि कृषि राज्य मन्त्री राधिका तामाङले भने अव हरेक महिना मन्त्रालयबाट विदेश जानेहरुको नाम सार्वजनिक गर्ने बताए छिन् । कृषि अनलाईनसँगको कुराकानीमा राज्य मन्त्री तामाङले किसानका काम गर्नु पर्ने दायित्व वोकेका मन्त्रालयका कर्मचारी अधिकांश समय विदेश भ्रमणमा नै विताउने र बर्षौ काम गरेका व्यक्ति एकपटक पनि विदेशको अवसर नपाउने तर कतिपय कर्मचारीहरु भने पटक पटक विदेश जाने गरेकाले पारदर्शिताका लागि हरेक महिना विदेश जाने कर्मचारीको नामावली आन्तरिक रुपमा नै भए पनि सार्वजनिक गर्ने तयारी आफूले गर्न लागेको बताईन् ।

प्रकाशित मिति: आइतवार, अशोज ३०, २०७३