काठमाडौं, असोज । दशैंको मुखैमा आएर कृषि विकास मन्त्रालयमा कार्यरत चौविस जना करारका कर्मचारीको विचल्ली हुने भएको छ । लामो समयदेखि कम्प्यूटर अपरेटर, इलेक्ट्रियन, सवारी चालक एवं कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीहरुको करार थप नहुंदा विचल्ली हुने देखिएको हो । चार चार महिनामा करार थप गर्दै काममा खटाईएका २४ जना कर्मचारीहरुलाई कृषि विकास मन्त्रालयको प्रशासनले करार थप नै नगरी करीव तीन महिनासम्म काममा निरन्तर लगाईरहेको भएपनि अहिलेसम्म न त करार थप गरेको छ । नत तलव नै दिएको छ ।
करारमा कार्यरत ती २४ जना कर्मचारीलाई कृषि विकास मन्त्रालयले करार थप गर्ने चासो दिएको देखिंदैन । करार थप नगरी श्रममा लगाइएका ती २४ जना कर्मचारीहरुको करार थप तत्काल नगर्ने हो भने उनीहरुले दशैंको मुखमा विगत तीन महिनादेखि काम गरेको तलव पाउने छैनन् ।
कार्यालय सहयोगी देखि नायव सुब्वासम्मका पदमा रहेका २४ जना करारका कर्मचारीलाई तत्काल करार गरेर विगत तीन महिनादेखिको तलव उपलब्ध नगराए यो बर्षको दशैं रित्तो हुने करारमा कार्यरत एक नायव सुब्बाले बताए । सो सम्वन्धमा कृषि विकास मन्त्रालयको प्रशासनभने मौन रहेको छ ।
कृषिका २४ जना कर्मचारीको विचल्ली !

Add Comment