काठमाडौँ, ७ असोज । आउँदै गरेको दसँै, तिहार र छठ पर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले देशैभरि सुपथ मूल्यका तरकारी तथा फलफूल पसल सञ्चालन गर्ने भएको छ । आपूर्तिमन्त्री दीपक बोहोराको अध्यक्षतामा तरकारी तथा फलफूल व्यवसायी समेतको बसेको बैठकले उक्त निर्णय गरेको हो ।
चाडबाडलाई लक्षित गरी हाल काठमाडौँ उपत्यका र उपत्यका बाहिर सञ्चालन भएको खाद्य सामग्रीको सुपथ मूल्य पसलसँगै तरकारी तथा फलफूलको पसल सञ्चालन गरी उपभोक्तालाई थप सुविधा पु¥याउने मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यही असोज १ गतेदेखि काठमाडौँ उपत्यकामा १२ र बाहिर २३ गरी ३६ सुपथ मूल्यका पसल सञ्चालनमा छन् । उक्त पसल मन्त्रालयको सहकार्यमा तरकारी तथा फलफूल व्यवसायीले गर्नेछन् ।
सुपथ मूल्यका तरकारी तथा फलफूल पसल पनि सञ्चालन गरिने

Add Comment