काठमाडौं, श्रावण । कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा अख्तियारले छापा मारेको छ । शुक्रबार दिउंसो आयोजनाको कार्यालय बाँसबारीमा पुगेका अख्तियारको टोलीले चौथो चरणको अनुदान वितरण गर्न लागिएका फाइलाहरु आफ्नो कब्जामा लिएको छ । सन् २००९ देखि २०१८ सम्मका लागि विश्व वैंकले कृषिलाई व्यवसायिकरण गर्नका लागि अनुदान वितरण गर्नका लागि कृषि विकास वैंक मार्फत सो आयोजना सञ्चालन भईरहेको छ । हरेक बर्ष अनुदानका लागि प्रस्ताव माग गरी पेश भएका प्रस्तावको मूल्यांकनका आधारमा प्याक्ट आयोजनाले अनुदान वितरण गर्दै आईरहेको छ ।
अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले चौथो चरणका लागि अनुदान वितरण गर्नका लागि छनौट भएका एक सय संघसंस्थाहरुलाई सम्झौता गर्ने अन्तिम तयारीमा जुटेका बेला छनौटमा परेका तथा प्रस्ताव पेश भएका अनुदानका फाइलहरु लिएर गएको छ ।
चौथो चरणको अनुदानका लागि १६ सय प्रस्ताव पेश भएको भएपनि १ सय संस्थाहरु अनुदान प्राप्त गर्नका लागि योग्य ठह¥याएर छनौट गरिएको थियो । चौथो चरणको अनुदान वितरणमा अनियमित भएको भन्दै अख्तियारले छापा मारेको बताइएको छ ।
प्याक्ट आयोजनामा अख्तियारले छापा मा¥यो

Add Comment