शनिबार, अशोज १३, २०८०

सोह्र वर्षपछि चिज उत्पादन

पाँचथर, २० असार । द्वन्द्वकालमा विस्थापित भएको पाँचथर पञ्चमी गाविसस्थित गोपेटारमा दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र १६ वर्षपछि पुनःस्थापना भएको छ ।
विसं २०५४ मा विस्थापित भएको केन्द्र स्थानीयवासीको मागअनुसार गाईको दूध सङ्कलन गरी कञ्चन चिज उत्पादन गर्ने उद्देश्यले चिज उत्पादन केन्द्र पुनःस्थापना गरेको केन्द्रका प्रमुख गणेश भुजेलले बताए ।
चिज उत्पादन केन्द्र पुनःस्थापना भएपछि पाँचथरको पञ्चमी, सुभाङ, थर्पु, अमरपुर, च्याङ्थापु र नागी गाविसका किसानले गाईको दूधको मूल्य राम्रो पाउन थालेको स्थानीयवासी दीपेन्द्र सुब्बाले बताएका हुन् । दुग्ध विकास संस्थानले २०५४ सालमा स्थापना गरेको गोपेटारको चिजउत्पादन केन्द्र तीनवर्ष सञ्चालनमा आएपछि बन्द भएको थियो ।

प्रकाशित मिति: सोमवार, असार २०, २०७३