भक्तपुर, १५ असार । जिल्लामा ५० प्रतिशत रोपाइँ सकिएको छ । समयमा मनसुन सुरु भई वर्षा हुनु र किसानले खेत नजिकका खोलानाला, खोल्सा र पोखरीको पानी पम्पसेटमार्फत सिँचाइ गरेकाले ५० प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिएकी छिन् ।
जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ खुसुङखोला किनारको फाँटमा सिचाइँको सहज सुविधा भए तापनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताथली, सुडाल, नखेललगायत गाउँमा आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ ।
यस वर्ष प्रि मनसुनदेखि लगातार परेको वर्षाका कारण असारको दोस्रो हप्तामा नै आकासे पानीमा निर्भर रहेका खेतमा समेत रोपाइँ सकिएको किसानहरू बताउँछन् ।
Add Comment