काठमाडौं, १५ असार । आज असार पन्ध्र । नेपाली किसानहरुका लागि महत्वपूर्ण दिन । किसानहरुले भव्य रुपमा मनाउने पर्व अर्थात धान दिवस । विगत केही बर्षदेखि नेपाल सरकारले नै असार पन्ध्रलाई धान दिवसका रुपमा मनाउंदै आईरहेको छ । किसानहरुले मानो रोपेर मुरी फलाउने आशामा धान दिवसलाई विशेष दिनका रुपमा लिने गरिन्छ ।
धान दिवसकै अवसर पारेर कृषि विकास मन्त्रालयले गतबर्षदेखि शुरुवात गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार आजै वितरण गरिन लागिएको कृषि विकास मन्त्रालयले जनाएको छ । सो पुरस्कार पाँच विकास क्षेत्रका पाँच जना र मुलुकभरीबाट एक जनालाई गरी छ जनालाई प्रदान गरिने छ ।
कृषि विभागले यो बर्षको धान दिवस ललितपुरको ठैवमा मनाउंदै छ । भने हरेक जिल्लामा जिल्ला कृषि कार्यालहरुले आ आफ्नै किसिमले आज धान दिवस मनाईरहेका छन् ।
Add Comment