सोमवार, अशोज ८, २०८०

सिंहदरबार दिनप्रतिदिन असुरक्षित, पशुपन्छी विकास मन्त्रालयबाट ल्यापटप गायव

काठमाडौं, असार । देशको सवैभन्दा महत्वपूर्ण केन्द्र सिंहदरबार दिनप्रतिदिन असुरक्षित बन्दै गईरहेको छ । विगतदेखि नै सिंहदरबारभित्र रहेको विभिन्न मन्त्रालयका कम्प्यूटर, ल्यापटप लगायतका जिन्सी सामग्रीहरु हराउंदै गईरहेका चर्चा नआएका पनि होइनन् । अत्यन्तै कडा सुरक्षाको घेराभित्र रहेको सिंहदरबारभित्रै चोरी हुंदै जानु भनेको पक्कै पनि राम्रो संकेत होइन ।
सिंहदरबारभित्र प्रवेश गर्दा सर्वसाधारणले जति हैरानी व्यहोर्नु परेको हुन्छ । पहुंच भएका व्यक्तिहरुका लागि अत्यन्तै सहज रुपमा प्रवेश सुविधा रहने गरेको छ । सिंहदरबारभित्रका मन्त्रालयहरुबाट कसरी र किन जिन्सी सामग्री हराउने गर्दछन् वा चोरी हुने गर्दछ ? त्यसको जिम्मा सुरक्षा निकायले नै लिनु पर्दछ कि पर्दैन । pasu mantralaya kri
विगत केही महिनादेखि मन्त्रालय भित्र चोरी बढ्दै गएको सुरक्षा निकायका अधिकारीहरुले नै बताउंदै आईरहेका छन् । सुरक्षा निकायले सिंहदरबार असुरक्षित भएको महशुस गरिरहेका बेला विहीबार दिउंसो पशुपन्छी विकास मन्त्रालयबाट ल्यापटप चोरी भएको छ ।
कार्यालय समयमा नै कार्यकक्षबाट ल्यापटप चोरी हुनुलाई कसरी बुझ्ने ? कृषि विकास मन्त्रालयबाट विभाजन भएको पशुपन्छी विकास मन्त्रालय कृषि विकास मन्त्रालय कै पाँचौ तल्लामा रहेको छ । विहीबार पाँचौ तल्लामा नै रहेको पशु चिकित्सक सुलेखा शर्माको ल्यापटप चोरी भएको खुल्न आएको छ । कार्यकक्षमा नै रहेकी डा. सुलेखा शर्मा आफ्नो कार्यकक्षबाट फाइल सदर गराउन गएको १० मिनेट भित्रै फर्कदा ल्यापटप गायव भएको बताइएको छ । कार्यकक्षबाट ल्यापटप चोरी भएपनि पशुपन्छी विकास मन्त्रालय र कृषि विकास मन्त्रालयमा हल्लीखल्ली मच्चिएको थियो ।
ल्यापटप चोरी र मन्त्रालयको सुरक्षाको विषयमा सो मन्त्रालयबा प्रवक्ता श्यामप्रसाद पौडेलसँग जानकारी लिन खोज्दा उनको मोवाई स्वीच अफ थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७३