मङ्लबार, अशोज ९, २०८०

कुलामा प्लास्टिक ओछ्याएर खेतमा सिँचाइ

सिन्धुली, जेठ । सिन्धुलीको डुढभञ्जयाङ गाउँ विकास समिति– ८ च्याखुटारका किसानले कुलोमा प्लाष्टिक ओछ्याएर खेतमा सिँचाइ गरेका छन् । यसवर्षको लामो खडेरी र अहिलेसम्म पानी त्यस क्षेत्रमा पानी नपर्दा किसानले खेतमा लगाएको मकै जोगाउन कुलोमा प्लास्टिक ओछ्याएर सिँचाइ गरेका हुन् । ट्याउ खोलाको पानी ल्याएर लगाउनुपर्ने भए पनि सानो पानी र कुलामा ल्याउँदा पानी नआउने भएकाले खेतको मकै जोगाउन प्लास्टिक ओछ््याए रै भए पनि मकै मर्नबाट जोगाएको स्थानीय किसानले बताएका छन् । खोलाको मुहानदेखि करिब ६५ मिटरसम्म प्लास्टिक ओछ््याएर २६५ रोपनी जग्गामा लगाएको मकैबालीमा किसानले सिँचाइ गरेको स्थानीय शङ्कर बरालले बताए ।
मकै खडेरीका कारण घोगा लाग्ने समयमा सुक्न लागेपछि किसान चिन्तित भएको र सबैको भेलाले खेत धनीसँग पैसा उठाएर ६५ मिटर प्लास्टिकको सहाएताले मकैबालीमा सिँचाइ गरिएको उहाँको भनाइ छ । खडेरीले खाएर पहेँलो हुन लागेको मकै अहिले हरियाली भएको छ भने राम्रो उत्पादन हुने अवस्थामा रहेको किसान बताउँछन् ।
अन्य स्थानमा पानी प¥र्याप्त मात्रामा परेपनि गढतिर क्षेत्रमा अझै राम्रोसँग वर्षा हुनसकेको छैन । स्थानीय ट्याउ खोलामा पनि पानी सुक्दै गएको र कुलोले पानी सबै सोसिदिँदा खेतमा पानी ल्याउन किसानलाई समस्या सिर्जना भएको स्थानीयवासी नवीन न्यौपानेले बताए ।
केही समयको प्रयासपछि प्लास्टिकको सहायताले खोलाको पानी सहजै खेतमा ल्याउन पाउँदा किसान खुसी भएको उहाँको भनाइ छ । प्लास्टिक ओछ्याएर खेतमा पानी लगाएपछि यसवर्ष मकै उत्पादनमा अब नघट्नेमा किसान ढुक्क भएका छन् ।
धेरै उत्पादन लिनका लागि हाइब्रिड जातको मकै लगाएका थियौ तर के गर्नु यसवर्ष मौसमले साथ दिएन तैपनि दुःखसुःख गरेर पानी हतारिँदै खेतमा ल्यायौ स्थानीय किसान टेकबहादुर सुनुवारले जानकारी दिए । एक्लैको त प्रयास सम्भव थिएन सबै किसान मिल्यौ र प्लास्टिक किनेपछि खेतमा पानी ल्यायौ अहिले निकै खुसी छु मकैका बोटमा राम्रै घोगा लागेका छन् यो सुनुवारको भनाइ थियो । मकै अहिले त्यस क्षेत्रका किसानको लागि आयस्रोतको माध्यम बनेको छ । पहिला स्थानीय मकै लगाएको भन्दा बढी मकै फलाउँदै आएको किसान बताउँछन् ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २३, २०७३