काठमाडौं, जेठ । कृषि क्षेत्रको विकासका लागि भन्दै गत बर्ष पकेट क्षेत्र घोषणा गरेको कृषि विकास मन्त्रालयले आगामी आर्थिक बर्षमा भने जोन र सुपर जोनको अवधारणा अघि सारेको छ । मुलुक संघीयतामा जाने भएकाले सोही ढाँचा अनुरुप सात प्रदेशलाई लक्षित गरी प्रदेशमा एउटा सुपर जोन स्थापना गर्न लागिएको कृषि विकास मन्त्री हरिबोल गजुरेलले बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले कृषिमा आमूल परिवर्तन ल्याउनका लागि आफू मन्त्री भए लगतै ल्याएको २७ बुँदे प्रतिवद्धता अनुरुपका कार्यक्रम अगाडि बढाईसकिएको बताउंदै राष्ट्रपतिद्धारा घोषणा गरिएको नीति तथा कार्यक्रममा पनि कृषिलाई महत्वपूर्ण स्थान दिएको बताए ।
अहिले कृषि विकास मन्त्रालयले विशिष्ट कार्यक्रम ल्याउन खोजेको भन्दै मुलुकभर पकेट क्षेत्र, जोन र सुपर जोन घोषणा गरी कृषि उत्पादन बृद्धि गर्नका लागि पहल गरिएको उनले बताए ।
सात प्रदेशमा कृषि सुपर जोनको तयारी

Add Comment