शनिबार, अशोज १३, २०८०

श्रीलंका हिडेका कृषि सचिवलाई मन्त्रीले रोके

काठमाडौं, जेठ । एशियन फूड एण्ड एग्रिकल्चर कर्पोरेशसन इनिसिएटिभ(अफासी) को श्रीलंकामा हुन लागिरहेको बैठकमा सहभागी हुन जान लागेका कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईलाई सो कार्यक्रममा जानबाट कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले रोक लगाएका छन् । अफासीका उपाध्यक्ष रहेका कृषि सचिव उत्तमकुमार भट्टराई अफासीको साधारणसभामा भाग लिनका लागि जेठ ४ गते श्रीलंका जाने कार्यक्रम रहेको थियो । सोही अनुरुप मन्त्रालयबाट टिप्पणी समेट उठाएर मन्त्रीपरिषद्बाट स्वीकृत गरी जेठ ४ गते श्रीलंका जानका लागि टिकट समेत लिईसकेका उत्तमकुमार भट्टराईलाई उड्ने अघिल्लो साँझ अर्थात जेठ ३ गते राती मन्त्री गजुरेलले बजेटको तयारीको बहानामा श्रीलंका जानबाट रोकेका हुन् ।haribol gajurel
अफासीको वैठकमा उपाध्यक्ष रहेको नेपालका कृषि सचिव नै नआएपछि कृषि क्षेत्रमा काम गरिरहेको सो अभियानमा संलग्न राष्ट्रहरु शशंकित बनेका छन् । कृषि सचिव भट्टराई सो वैठकमा सहभागि हुनका लागि मन्त्रीबाटै स्वीकृति जनाई मन्त्रीपरिषद्बाट समेत स्वीकृत गराएर हिड्न तयारी गरिरहेका बेला एक्कासी भ्रमण रोकिएपछि कृषि विकास मन्त्रालयका चर्चा चल्न थालेको छ ।uttam bhattaria
सचिव भट्टराई श्रीलंका उड्न १२ घण्टा पनि बाँकी नहुंदै भ्रमण स्थगत गर्ने निर्देशन दिनुको कारणका बारेमा मन्त्रालयका अधिकारीहरु बोल्न चाहँदैनन् ।बजेट निर्माणको बहानामा मन्त्रीले रोकेको हुन सक्ने अनुमान गरेपनि पछिल्ला समयमा कृषि मन्त्री र कृषि सचिव वीच नै केही आयोजनाको विषयलाई लिएर खटपट भएको श्रोतको दावी छ । विशेषगरी अनुदान मुखि केही आयोजनाले प्रस्ताव माग गरेको भएपनि हालसम्म पनि नतिजा प्रकाशन गर्न ढिलाई गरिरहेको विषयमा मन्त्री र सचिव वीचको सम्वन्ध चिसो भईरहेको समेत बताइएको छ । बजेटको बहाना मन्त्रीले अन्तिम समयमा आएर भ्रमणमा रोक लगाएको भएपनि भ्रमण आदेश स्वीकृत गर्नु भन्दा अगाडि यस विषयमा किन सोच्न सकेनन् भन्दै एक उच्च अधिकारीले भने यो सवै राजनीतिक विषयको कुरा हुन सक्छ । मन्त्रालय सिस्टममा चल्न सकेको छैन । त्यसकारण पनि यस्ता झमेलाहरु बेला बेलामा आउने गरेको उनले बताए ।
अफासीमा नेपाल लगायत सहित भूटान, म्यानमार, भियतनाम,इण्डोनेशिया, श्रीलंका, बंगलादेश, दक्षिण कोरिया, फिलिपिन्स, मंगलोयिा रहेका देशहरु सदस्य छन् ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ५, २०७३