सिन्धुली, ४ जेठ । जिल्ला कृषि बिकाश कार्यालय सिन्धुलीले जिल्लामा रहेको ६ वटा सेवा केन्द्र मार्फत २९ टन धानको बिउ अनुदानमा बितरण गरिएको छ । कार्यालयबाट बितरण गर्दा नगरपालिकाका किसान मात्रै बढि लाभान्बित हुने गरेको गुणासो आएपछि सेवा केन्द्र मार्फत बिउ बितरण गरेको हो । कार्यालयले साबित्री र राम धान जातका धानको बिउ ९ मेट्रिक टन ५० प्रतिशत र २० मेट्रिक टन सतप्रतिशत अनुदानमा बितरण गरेको जनाएको छ । एक सेवा केन्द्र बराबर डेढ देखि २ टनसम्म धानको बिउ बितरण गरिएकाले ४ किलोसम्म किसानले धानको बिउ पाउन सकिने कार्यालयका कृषि प्रसार अधिकृत बिजय मण्डलले जानकारी दिए । । २/४ किलो लिनेलाई सतप्रतिशत र सो भन्दा बढि लिने किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ बितरण गरेको उनले बताए ।
अरु सेवा केन्द्रबाट बिउ बितरण भइसके पनि अहिले दुधौली र कपिलाकोटबाट भने बितरण भइरहेको बताइएको छ । जिल्लामा ५२ । ५५ टन धानको बिउ माग छ । जिल्ला कृषि बिकाश कार्यालयले एक मुठी बिउ दिएर माग्ने मान्छेलाई जस्तो ब्यबहार गर्ने गरेको बेलाबेलामा किसानहरुको गुणासो पनि आइरहन्छ । जिल्लामा बिनियोजन भएको बजेटको आधारमा पु्र्याउनु पर्ने भएकाले माग अनुसार आफूहरुले बिउ बितरण गर्न नसकेको कृषि प्रसार अधिकृत मण्डल स्वीकारे । तर किसानलाई बिउ बाडेर कहिले पनि बिउमा आत्म निर्भर बनाउन नसकिने हुदा आफूहरु बिउबृज बृद्धि समूह गठन गरेर जिल्लालाई बिउमा आत्म निर्भर बनाउने तर्फ लागि परेको मण्डलको भनाइछ । – मिमन पुलामी
Add Comment