सरकारले खेतियोग्य जमीन खाली राख्न नपाईने भनेको समाचार पत्रपत्रिकामा आयो । सुन्दा भनाई राम्रै लाग्यो तर सरकारको तर्फबाट बोलेको कुरा कार्यान्वयन गर्न कति समय लाग्ने हो त्यसको कुनै समय सिमा छैन । सरकारको यस्तो भनाई किसानहरुको हितमा मात्र नभई देशकै अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रका लागि स्वागत योग्य बिषय हो । कार्यान्वयन भए देशले कृषि क्षेत्रमा ठूलै फड्को मार्ने छ । तर समस्या सरकारी निर्णयभन्दा पनि ग्रामिण भेगबाट हुने बैदेशिक रोजगार ,शिक्षा वा अन्य बाहनामा हुने बसाई सराईको हो । अहिले नेपालका ग्रामिण भेगबाट शहरमा जाने तथा रोजगारीका लागि बिदेशिनेको संख्या दिन प्रतिदिन बढ्दो छ । गाउ“मा काम गर्ने युवाहरु बिभिन्न बाहनाले गाउ“बाट पलाएन भएका छन् । काम गर्न सक्ने बल भएका युवा युवतीहरु नै गाउ“मा नबस्ने भएपछि गाउ“मा बुढाबुढीको संख्या बढ्दै गएको छ । बुढाबुढीले काम गर्न नसक्ने, काम गर्ने जस्ता छोरा छोरी गाउ“ छोडेर बिदेसिने वा शहर तिर लागेपछि भएका खेतियोग्य जमीन बा“झो हुने क्रम बढ्न गएको हो । यस्तो क्रम बढ्दै गयो भने देशमा कृषि क्षेत्रमा निकै ठुलो संकट आउने कृषि बिज्ञहरुको बुझाई छ ।
बर्षेनी करौडौको खाद्यान्न तथा तरकारीजन्य बस्तुहरु बिदेशबाट आयात गरिन्छ । अहिलेसम्म कुनै पनि बस्तुमा हामी पूर्णरुपमा आत्मनिर्भर हुन सकेका छैनौ । केहि समय अघि लामो समयसम्म भारतीय नाकाबन्दीका बेला आत्म निर्भरताको बहस निकै गर्मायो , तर नकाबन्दी सकिएपछि आत्मनिर्भर बन्ने बहस त्यत्तिकै सेलाएर गएको छ । हुन त अहिले पनि कालाबजारि र अनियन्त्रित बजारको कारणले गर्दा खाद्यान्नको भाउ बढेर आकासिएको छ । यस्तो संकटका बेला आत्मनिर्भरको बहस सेलाउन दिनु हुँदैन तताउनु पर्छ तर बहस मात्र गरेर हुँदेन काम समेत गर्नु जरुरी हुन्छ । त्यसका लागि गाउ“को पूर्वाधार विकासमा ध्यान दिनु पर्दछ । गाउ“बाट शहरमा रोजगारीको जरुरी हुन्छ ।
युवा जनशक्तिलाइ गाउ“मै रोजगार
देशका बिभिन्न स्थानमा रहेका खेतियोग्य जमिन देशका युवा जनशक्तिको अभाबको कारणले गर्दा खालि रहेको छ , तर देशमा हरेक बर्ष करोडौको खाद्यान्न आयात गरिन्छ । यस्तो बिकराल स्थितिको अन्त्य गर्नको लागि गाउ“बाट रोजगारीको लागि बिदेसिने तथा शहर पस्ने युवाहरुलाई उनीहरुको योग्यता अनुसारको रोजगारीको श्रीजना गाउ“मै गरीनु पर्छ । कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ ,जबसम्म कृषि क्षेत्रमा आत्मनिर्भरको तर्फ उन्मूख हु“दैनौ तबसम्म आर्थिक उन्नतिको कल्पना पनि गर्न सक्दैनौ । खाली रहेका खेतियोग्य भूमिको उपयोग गर्नु पर्ने हुन्छ । खेतियोग्य भूमिको पहिचान गरि हावापानी अनुसार मिल्दो खाद्यान्न वा अन्य कृषिजन्य बस्तुको उत्पादन गरिनु पर्दछ । यसरी उत्पादन गर्दा स्थानिय युवाहरुलाई रोजगारी दिई जति सक्दो परिचालन गरिनुपर्छ । स्थानिय युवालाई उनीहरुको योग्यता अनुुसारको काम यस्ता कार्यका लागि प्रसस्त हुन सक्छन् । यसको सुरुवादका लागि नमुनाको लागि कुनै पनि गाउ“लाई लिन सकिन्छ तर जहा“ पानी, यातायात तथा बजारको पनि सुलभता छ त्यस्तो स्थानको पहिचान गरि स्थानियको जमिन खेतियोग्य भैकन पनि बैदेशिक रोजगार वा अन्य बिविध कारणले गर्दा खाली हुन गएको छ । त्यस्तो जग्गामा ब्यवसायिक खेतको शुरुवात गर्न सकिन्छ । स्थानिय बजारमा खपत हुने खालका खाद्यबाली, तरकारी फलफुल वा दुग्धजन्य बस्तुहरुको उत्पादन गरिनु पर्छ । तरकारीको उत्पादन गरेर जिल्ला सदरमुकाम लगायत स्थानीय बजार सम्म पहु“च पुर्याउन सकिन्छ । त्यसका लागि गाउ“मा रहेका युवा युवतीहरुलाई बजार अनुगमन,बजार ब्यवस्थापन , बिक्रिबितरण देखि गाउमा जग्गाको ब्यवस्थापन सम्म सबैलाई जिम्मेवारी दिन सकिन्छ । यसले बिदेसिने युवा पिंढिलाई स्वदेशमा बस्ने प्रोत्साहन मात्र गर्दैन कामकै सिलसिलामा शहर जाने क्रम पनि रोकिन सहयोग पु¥याउ“छ । अर्को तर्फ रोजगारीको अवसर गाउ“मै श्रृजना हुन्छ भने कृषिजन्य बस्तुमा आत्मनिर्भर रहन तर्फ केन्द्रित गर्दछ ।
गाउ“मा गुणस्तरीय शिक्षा
गाउ“ छोडेर शहरमा बसाई सराई गर्नु वा बिदेशिनुको प्रमुख कारण भनेको गुणस्तरिय शिक्षा हो । गाउ“मा गुणस्तरीय शिक्षाको अभावको कारणले बच्चा बच्चीलाई राम्रा बिद्यालयमा अध्ययन गराउने ,उनीहरुको भबिष्य राम्रो बनाउने नाममा गाउ“बाट शहरमा डेरा गरी बस्ने अनि बच्चा बच्ची पढाउने क्रम बढि रहेको छ । हरेक बाबुआमा आफ्ना छोराछोरीलाई राम्रो र गुणस्तरिय शिक्षा दिन चाहन्छन् । त्यसै कारणले गाउ“बाट शहरतिर बसाई सराई हु“दा गाउ“मा खेतियोग्य जमिन खाली रहन गएको हो । शिक्षाकै लागि बिदेशिने वा शहरमा बसाईं सर्ने क्रमलाई रोक्न गाउ“मै शिक्षित युवा बर्गले भएका बिद्यालयलाई गुणस्तरीय बनाउने वा नया“ गुणस्तरीय बिद्यालयको स्थापना गरि आ आफ्ना छोराछोरीलाई गाउ“मै पढाउन थालनी गर्ने हो भने गाउ“ नै खालि हुने गरि बिदेशिने वा शहर जाने क्रम केहि हदसम भए पनि रोकिन सक्छ । यस्तो हु“दा गाउमा खाली भैरहेका खेतियोग्य जग्गा जमिनको सदुपयोग हुन सक्थ्यो । अहिलेको बसाई सराई गुणात्मक रुपमा बढेकोले यस्तो स्थिति श्रृजना भएको हो । यसलाई रोक्न जुन प्रकारका बिद्यलयहरु शहरमा रहेका छन् त्यहि अनुरुपका गाउ“मा खोल्नु पर्ने हुन्छ । यसले गाउ“ छाडेर गएकाहरुलाई पनि फर्केर गाउ“मा बस्न अभिप्रेरित गर्दछ । यसले गाउ“मा रहेका खाली जमिनहरुको सदुपयोग हुने छ । ब्यबसायिक खेति गर्ने कार्यलाइ सहयोग पु¥याई कृषि क्षेत्रमा आत्मनिर्भरताको बाटोमा अगाडि बढ्न सहयोग पु¥याउ“छ । गाउमा जग्गा बांझो रहनुको अर्को महत्वपुर्ण बिषय स्वास्थ । स्वास्थ्य सेवाको अभाबले गाउ“मा अकालमा ज्यान गुमाउनु परेका उदाहरण प्रसस्त छन् । अहिले गाउ“बाट शहरमा बसाई सरेर उतै बस्नुको अर्को कारण गुणस्तरीय स्वास्थ्य सेवाको लिनका लागि पनि हो । बिरामी हु“दा स्वास्थ्य संस्था नहु“दा उपचार हुन नपाउने, भएपनि गाउ“बाट निकै टाढा हु“दा जा“दा जा“दै बिरामीको ज्यान जाने यस्तो कारणले हुनेखानेहरु सके सम्म शहरमै बस्न रुचाउछन् । यसलाइ पनि गाउमै स्वास्थ्य सेवाको पहु“च पु¥याउनु पर्ने हुन्छ । त्यस्तै सुरक्षा बस्तु तथा सेवाहरुको उपलब्धता नहुनु जस्ताकारणले पनि बसाई सराइको क्रम बढेको हो । गाउ“मा टेलिफोन, बिजुली, इन्टरनेट ,यातायात जस्ता आधारभुत आवश्यकताहरुको उपलब्धताको कमिको कारणले पनि अहिलेका युवा पिढि गाउ“भन्दा शहरमै बस्न रुचाउछन् । यस्ता आधारभूत आवश्यकताहरु को पहु“च गाउ“सम्मै पु¥याउने हो भने गाउ“ फर्केर गाउ“को विकाश गर्न तथा कृषि क्षत्रमा संलग्न भई कृषिमा आत्मनिर्भरताको बाटोमा लैजान सहयोग पु¥याउन सक्छ ।
सरकारी नीति
मुलुकमा बनेको नया“ सबिधानसंगै मुलुक संघियतामा गएको छ । अहिले त्यसलाई कार्यान्वयनका लागि सक्रिय रहनु पर्नेमा सरकार तथा संसद त्यसमा ढिला सुस्ति गरिरहेका छन् । ढिलै भएपनि संघियता कार्यान्वयनको दिशामा अगाडि बढेपछि नया“ संबिधान अनुसार हुने बिकेन्द्रित शासन प्रणालीले फेरी आ आफ्नै गाउ“तिर फर्कन सहयोग गर्ने छ । देशको राजधानीमा मात्र सबै सुबिधा हुने ,केहि काम गर्न राजधानी नै पुग्नु पर्ने प्रथाको अन्त्य गर्नेछ । तर प्रदेशबाट पनि गाउ“सम्मै सम्पूण सेवाहरु उपलब्ध गराउन पहल सरकारले गर्नु पर्छ । पुर्वाधार बिकासमा जोड दिनु पर्छ जस्तो शिक्षा,स्वास्थय,यातायात सुचना प्रविधि तथा रोजगारीको अवसर गाउ“मै गरिनु पर्छ । त्यस्तै कृषि क्षेत्रमा लाग्न युवा पिढिलाई अनुदानका कार्यक्रम गर्ने,कृषि बिमा ,कृषि सम्बन्धि तालिमहरु उपलब्ध गराउनु पर्छ । सरकारले कृषि क्षत्रलाइ प्रोत्साहित गर्ने मात्र होइन स्वदेशी उत्पादनको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने निति अबलम्बन गर्नु पर्ने हुन्छ । बिदेश बाट आयातित बस्तुहरुसंग स्वदेशि बस्तुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था पनि रहन सक्छ । त्यस्तो अवस्थामा स्वदेशमा प्रसस्त मात्रामा उत्पादन भएका बस्तुहरु बिदेशबाट आयात गर्न रोक लगाउने जस्ता नीति बनाउने साथै किसानलाई आइपर्ने अन्य सेवाहरु उपलब्ध गराएर प्रोत्साहित गरि गाउ फर्क अभियान चलाउने हो भने पक्कै पनि कृषिमा आत्मनिर्भर बन्न धेरै समय कुर्नु पर्ने छैन । – कृष्ण घिमिरे
कृषिमा आत्मनिर्भरता र पूर्वाधार विकास

Add Comment