चितवन, ३० वैशाख । मकैमा अनुसन्धान गर्दै आएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले तराई केन्द्रित दुई वटा नयाँ मकैका जात सिफारिस गरेको छ । रामपुर हाईब्रिड (वर्णशङ्कर) ४ र रामपुर हाईब्रिड ६ जातको मकै सिफारिस गरेको अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कँुवरले जानकारी दिएका छन् ।
उक्त मकैको जात उन्मोचनका लागि सिफारिस गरेर केन्द्रमा पठाइएको छ । राष्ट्रिय सिड बोर्डको बीउबिजन पञ्जीकरण तथा उन्मोचन समितिले प्रमाणित (उन्मोचन) गरेपछि मात्रै उक्त मकैका जात लगाउन किसानलाई सिफारिस गरिने छ ।
सिफारिस गरिएका मकै प्रतिहेक्टर सातदेखि ९ टनसम्म फल्ने वैज्ञानिकको भनाइ छ । गर्मी याममा ११० दिनदेखि १२० दिनसम्ममा तथा जाडो याममा १४० दिनदेखि १५० दिनसम्ममा मकै पाक्ने बताइएको छ । गत वर्ष नयाँ वर्णशङ्कर अरुण ३, ४ र ६ जातको मकै सिफरिस गरिएको थियो । उक्त मकै ८० दिनदेखि ९० दिनसम्ममा पाक्छ ।
Add Comment