काठमाडौँ, वैशाख । पटक पटक भ्रष्टाचारको विवादमा मुछिंदै आएको पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको दुग्ध विकास संस्थानमा भ्रष्टाचार हुन्छ भन्ने कुराको प्रमाण संस्थानका प्रवन्धक डा शत्रुधन प्रसाद साहबाट पुष्टि भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई करोड ८३ लाख ६८ हजार ३० भ्रष्टाचार गरेको अभियोगमा दुग्ध विकास संस्थानका प्रबन्धक डा शत्रुघनप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे पछि सो कुराको पुष्टि भएको हो ।
संस्थानको प्राविधिक अधिकृतदेखि प्रबन्धकसम्मको पदमा रहँदा साहले पेस गरेको सम्पत्ति विवरणमा आयआर्जन रु एक करोड ४४ लाख ९७ हजार १३४ देखिए पनि खर्च तथा लगानी रु तीन करोड ८३ लाख ६५ हजार १६४ देखिएको आयोगको अध्ययनबाट खुलेको प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।
प्रवक्ताका अनुसार बढी देखिन आएको रु दुई करोड ३८ लाख ६८ हजार ३० को कुनै स्रोत समेत नखुलेको तथा पदीय जिम्मेवारीमा रहँदा अख्तियारको दुरुपयोग एवम् भ्रष्टाचार गरेको पाइएकाले डा साहविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगले डा साहकी श्रीमती सुशीलाकुमारीका नाममा समेत चलअचल सम्पति राखेको र त्यसको समेत स्रोत नखुलेको पाइएकाले उक्त सम्पत्ति समेत बिगो असुल उपर गर्न माग गर्दै आरोपपत्र दायर गरेको छ ।
Add Comment