मङ्लबार, बैशाख ४, २०८१

पशुपालनमा व्यवसायमा नयाँ आयाम

नेपाल पशु पालनको क्षेत्रमा पर्याप्त सम्भावना बोकेको मुलुक हो । यहांका अधिकांश जनता कृषि तथा पशु पालन व्यवसायबाट आफ्नो जीवन निर्वाह गर्ने गर्दछन् भने मुलुकको अर्थ तन्त्रमा समेत यसको राम्रो प्रभाव रहेको छ । पशु पालनले कृषिको कुल ग्रार्हस्थ उत्पादनमा २८ प्रतिशत र मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा ११ प्रतिशत भाग ओगटेको तथ्यांकले देखाएको छ । यस कारण पनि पशुपालन क्ष्ँेत्र मुलुकको आर्थिक विकासको हिस्सेदार रहेको छ । नेपालमा धेरै जसो भू भाग पहाडी, उच्चपहाडी तथा हिमाली क्ष्ँेत्रले ओगटेको छ, जहां प्रशस्त मात्रामा पशु पालनको लागि आबश्यक चरन क्ष्ँेत्र रहेको हुंदा पशुपालन व्यवसाय हाम्रो जस्तो अल्प विकसीत मुलुककालागि निकै उपयूक्त व्यवसायको रुपमा परिचित भै सकेको छ । यसबाट सरकारकोसन् २०२२ सम्ममा मुलुकलाई विकासशिल राष्ट्र बनाउने लक्ष्य हासिल गर्न निकै सहयोग पुग्ने ६ भने नेपालको राष्ट्रिय समस्याको रुपमा रहेको पोषणको कमीबाट हुने बाल तथा मातृ मृत्युदर कम गर्न समेत यो व्यवसायले अहमं भुमिका खेल्न सक्छ । hemrja
हाम्रो मुलुकमा धेरै जसो किसानहरु पशु पालन व्यवसायलाई केवल जीवन निर्वाह र आफ्नो घरायसी आबश्यकता परिपू र्ति गर्नकालागि मात्र पशु पालन गर्ने गरेको पाईन्छ भने हालका पछिल्ला दिनहरुमा आएर केहि पुजिवाला लगानी गर्न सक्ने खालका कृषक व्यवसायीहरुले पशु पालनलाई व्यावसायीक हिसावले गर्न थालेको पाइन्छ भने कुखुरा ब्रोइलर तथा लेयर्सकोे सन्दर्भमा भने मुलुक करिव करिव आत्मनिर्भर भै सकेको देखिन्छ । तर अन्य पशुहरुमा आत्मनिर्भर हुन नसके पनि दिनप्रतिदिन पशु पालन व्यवसायको आकार बृद्धि भै राखेको छ । तर पनि मुलुकले प्रतिबर्ष अर्बौैको पशु तथा पशु जन्य पदार्थ आयात गर्ने गरेको छ । यो अवस्थामा नेपालको पशु पालनलाई कसरी दिगो व्यवसाय मूलक पेशाको रुपमा विकास गर्न सकिन्छ भन्ने कुरा प्रमुख रहेको छ । नेपालमा पशु पालनव्यवसाय फस्ट्याउन नसक्नाका विविधकारणहरु रहेका छन् । जस्मा सर्ब प्रथम त दिगो पशुपालन व्यावसाय संचालन गर्न समय सापेक्ष पशुपन्छी पालन सम्बन्धि नीतिगत व्यवस्था हुन नसक्नु हो भने व्याप्त गरिवीका कारण पशुपालन व्यवसायमा लगानी गर्न नसक्नु, लगानी सुरक्षाको लागि प्रभावकारी नीति व्यवहारिक नहुनु, जिम्मेवार सरकारी निकायहरुले आफ्नो दायित्व पुरा गर्न नसक्नु, सेवा प्रवाहमा प्रक्रियामुखी व्यवस्थाले सर्बसाधारणको पहुंचमा नपुग्नु, सुलभ व्याज दरमाऋण उपलब्ध नहुनु, आयोजनाको लगानी पहुंचवालामा मात्र सिमित हुनु, त्यस्तै सेवा प्रदायका संस्थाहरुले समयमा सुविधा उपलब्ध गराउन नसक्नु, प्राविधिक सर सल्लाहको लागि पर्याप्त जनशक्तिको व्यवस्था नहुनु, भएका जनशक्तिहरु पनि सुविधाको कमिका कारण कृषकको चाहना अनुरुप सेवा प्रदान गर्न नसक्नु, ग्रामिण तथा दुर्गम र पशु पालनको पकेट क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध नहुनु, खुल्ला सिमानाका कारण्ँ विभिन्न सरुवा रोगको जोखिमबाट प्रभावित हुनु, सरकारले कमजोर बर्गका कृषकालागि निःशुल्क औषधी उपचारको व्यवस्था गर्न नसक्नु, उन्नत र बढि उत्पादनशील पशु उत्पादन गर्न नसक्नु आदि जस्ता विविध समस्याका बाबजुत नेपालको पशु पालन क्षेत्र सुस्त गतिमा अघि बढि राखेको त छ । तर पशु पालन पेशामा लाग्ने कृषकहरुको जीवन स्तरमा उल्लेखनीय सुधार ल्याउन भने सकेको पाईदैन जसको लागि नेपाल सरकारले दिर्घकालिन योजना बनाएर गुणात्मक र परिणाममुखी नतिजामा जोड दिदै पशु पालनमा आबश्यक नीतिगत सुधार र विभिन्न सहुलीयतका बारेमा पनि व्यवसायिक पशु पालन गर्ने कृषकलाई चेतना जगाउनु आबश्यक छ । जसको लागि खाली बजेट भाषण र नेताको भाषणमा मात्र सिमित नरहि व्यवहारिक रुपमै आबश्यक पहलगर्नु जरुरी छ ।
भर्खरै मात्र नेपालको पशु पालन क्षेत्रको विकास र विस्तारकालागि जिम्मेवार सरकारी निकाय पशु सेवा विभागले एउटा उल्लेखनीय र आशा लाग्दो सकारात्मक कार्यलाई अवलम्बन गर्ने प्रयास गरेको छ, जसले गर्दा पशु पालन व्यवसायमा लागेका पशु पालक व्यवसायीहरुलाई एउटा उत्साह जगाएको छ । जुनहो देश भरीका करिव ७३ जिल्लाका ५०० गा.वि.स.हरुमा एक गाउ एक प्राविधिक कार्यक्रम अनुसार ५०० जना पशु सेवा तथा पशु स्वास्थ्य प्राविधिकहरुको करार नियुक्तीका लागि सूचना आव्हान गरि प्रत्येक जिल्लाहरुमा पशु स्वास्थ्यकर्मीहरुको आबेदन दर्ता गराउने काम गरी पशु पालनको क्षेत्रमा एक उल्लेखनीय कार्य गरेको छ । यसका लागि नेपाल सरकारको नीति अनुरुप केहि ढिलै भए पनि कम से कम एउटँ काम भएको छ । यस कार्यले एकातिर ५०० जना बेरोजगार यूवाले रोजगार पाउने भए भने अर्को सबैभन्दा महत्वपूर्ण कुरा त कम से कम कृषक ले गांउमै सामान्य उपचार तथा आधारभूत प्राविधिक सेवा पाउने भए यो नै ठूलो कुरा हो । साविकको व्यवस्था अनुसार पशु सेवा केन्द्रहरुमा एउटा सेवा केन्द्रले ३ देखि ७ वटँसम्म गाउविकास समितिको क्षेत्रमा सेवा प्रदान गर्नु पर्ने बाध्यात्मक अबस्थाका कारण्ँ सेवा प्रवाह प्रभावकारी हुन सकिरहेको थिएन । किसानले समयमा प्राविधिक सुविधा नपाउदा हजारौ रुपैया बरावरको पशु धनको क्षति व्यहोर्नु पर्ने अवस्था छ ।
अब उप्रान्त कतिपय किसानहरुले यो समस्याबाट मुक्तिपाउने आशा गर्न सकिन्छ । हाम्रँे मुलुकको भौगोलिक अवस्थिति र हावापानीको विविधताका कारण विभिन्न क्षेत्रमा विभिन्न पशुपन्छीहरुको व्यवसायीकता फस्ट्याउन सक्ने र विभिन्न भौगोलिक वातावरण हुने व्यवसायीक विविधताले पशु पालन व्यवसायलाई अझ बढि प्रगाढ बनाउन सक्ने कुरामा दुई मत छैन । सरकाले कृषि तथा पशु पालन क्षेत्रमा लिएको यो एक गांउ एक प्राविधिकको नीति क्रमिक रुपमा विस्तार गदै देश भरका सम्पूर्ण स साना र निम्नस्तरका कृषकहरुको पहुंचमा पु¥याई उनीहरुको पेशामा टेवा दिने काम सह्रानीय छ । त्यसैले यो कार्यक्रमलाई जति सक्दो छिटँे जनताको गोठगोडमा पु¥याउनु आबश्यक छ । यसका अतिरिक्त ग्रामिण क्ष्ँेत्रमा सेवा केन्द्रहरुमा कार्यरत कर्मचारी तथा संगठनको स्तरोन्नति गर्दै पशु पालनको पेशामा लागेका उद्यमी व्यवसायीहरुलाई सहयोग र सल्लाह आबश्यक तालिम गोष्ठि जस्ता कार्यक्रमबाट सुसुचित गर्दै पशु पालनका लागि निम्न स्तरिय बेरोजगार जनशक्तीलाई स्थानीय स्तरमा नै प्रतिस्थापन गर्न सके पशु पालन क्षेत्रले बृहत रुप लिन सक्ने निश्चित जस्तो देखीन्छ, जसको लागि सरकार, राजनीतिज्ञ, बुद्धिजिवी, नेता कार्यकर्ता लगायत कृषकहरु सबैको हातेमालो हुनु जरुरी छ ।
हाल पशु सेवा क्षेत्रमा भएको नयां उपलब्धी भनेको पशुपन्छी विकास मन्त्रालयको गठन पनि एक हो । मन्त्रालयको गठन संगसंगै पशुपालन संग सम्बन्धित कृषक, व्यवसायी उद्योगी, विकासे कार्यकता, पशु स्वास्थ्यकर्मी लगायत पशुपालनको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायहरुको मुहारमा चमक आएको पाइन्छ । यी सबै सरोकारवाला व्यक्ति तथा संगठनहरुको उत्साहलाइ साच्चि कै सार्थक र परिणाममुखी बनाउने हो भने सबैले आआफ्नो ठांउबाट पशुपालन क्षेत्रको सुधार र स्थरोन्नतिका लागि विशेष पहल गर्नु पर्ने हुन्छ । अहिलेसम्मका पशु पालन क्षेत्रका बाधकहरुलाई निमोठेर विविध सम्भावनाहरुको खोजीगरी पशुपालनको क्षेत्रबाट मुलुकलाई आबश्यक पशु तथा पशु जन्य पदार्थ माथि आत्मनिर्भर बनाउदै अन्तराष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तर कायम गरी निर्यात प्रबद्र्धन गर्न सक्नु नै पशु पालनको मुख्य चुनौति हो र यसलाई अवसरको रुपमा ग्रहण गर्दै अल्पकालिन तथादिर्घ कालिन कार्य योजना तर्जुमा गरि छिटो भन्दा छिटो पशु पालनको क्षेत्रबाट मुलुकलाई बढि भन्दा बढि लाभान्वित बनाउन सकेमा मात्र नयां मन्त्रालय गठनको अर्थ रहने छ ।
अन्यथा केवल मन्त्री बन्नका लागि मात्र बनाइएको हो भने यसको कुनै अर्थ रहदैन हेरौ यो त आउदा दिनले बताउने नै छ । अन्तमा नयां पशुपन्छी विकास मन्त्रालयले जनअपेक्षा अनुरुप जनताको माग र आबश्यकता बमोजिम ठुला व्यापारी, दलाल, विचौलिया र कमीशनखोरीको चक्रभ्यूमा नपरी स्पष्ट रुपमा जल्दाबल्दा समस्याको चिरफार गरीपशु पालनलाई एउटँ सम्मान जनक र मर्यादित पेशाको रुपमा परिचित गराई गरिव जनताको मन मष्तिकमा पुग्न सकोस ।– हेमराज बोहोरा 

प्रकाशित मिति: आइतवार, बैशाख १९, २०७३