सोमवार, अशोज १५, २०८०

माटो परिक्षणका करोडौंका सामान अलपत्र

काठमाडौं,२५ चैत्र । कृषि विकास मन्त्रालयले उत्पादन बृद्धि गर्नका लागि जति चासो देखाएको छ । त्यत्तिनै चासो देखाउने हो भने कृषि क्षेत्रको विकासले गति लिने थियो । तर भाषण जस्तो हुन्छ काम त्यस्तो ठ्याक्कै उल्टो हुने गरेको छ । किसानहरुले कृषि उपज उत्पादनका लागि प्रयोग गर्ने माटोको अवस्था परिक्षण गर्नका लागि हाललाई मुलुकभरका ३५ जिल्लाा माटो परिक्षण प्रयोगशाला सञ्चालनका लागि सामान खरिद भईसकेको भएपनि माटो परिक्षण हुन सकेको छैन । माटो व्यवस्थापन निर्देशनालयमा माटो परिक्षण गर्न प्रयोगशालाका लागि खरिद गरिएका करोडौंका सामानहरु दिनप्रतिदिन थोत्रिदै गईरहेका छन् । यही रुपमा ती सामानहरु प्रयोग नहुने हुने हो भने लाखौंका सामान प्रयोग नै नगरी कौडीका भरमा लिलाम गर्ने दिन नआउला भन्न सकिंदैन ।
माटो परिक्षणका लागि प्रयोगशालामा काम गर्ने योग्य मानिसहरु नहुंदा नत ३५ जिल्लामा माटो प्रयोगशाला सञ्चालन हुन सकेको छ । न त कर्मचारीहरुलाई योग्य बनाउन तालिम नै प्रदान गरिएको छ । बढ्दो रासायनिक मल, रासायनिक विषादीका कारण उर्वर खेती योग्य भूमिका माटोहरुमा अम्लियपन बढ्दै गईरहेको कारण किसानहरुले माटो परिक्षण गराएर खेती गर्ने हो भने उत्पादन बृद्धि गर्न सकिने भएपनि किसानहरुका लागि अति महत्वपूर्ण मानिएको माटो परिक्षणका सामग्रीहरु थन्किएर खिया लागेर बसेका छन् ।

प्रकाशित मिति: बिहिबार, चैत्र २५, २०७२