काठमाडौं,२१ चैत्र । भूकम्प गएको एकबर्ष पुग्न लाग्दा पीडित किसानहरुले उत्पादन गरेको कृषि उपजलाई सुरक्षित गर्नका लागि कृषि विकास मन्त्रालय पोष्ट हार्भेष्ट निर्देशनालयले वितरण गर्न लागेको प्लाष्टिक व्यागको टेण्टर प्रक्रियामा विवाद आएको छ ।
पोष्ट हार्भेष्ट निर्देशनालयले करीव ७ हजार संख्यामा हर्मेटिक व्यागको टेण्डर प्रक्रियामा खरिद ऐन अनुरुप नै गरिएको भएपनि त्यसको गुणस्तर चेकजांचको विषयलाई लिएर सो विवाद आएको हो । टेण्डरका लागि तोकिएको मापदण्ड बमोजिमको प्लाष्टिकको बोरा (हर्मेटिक व्याग) को कुन गुणस्तरको हो भन्ने चेकजांच गर्ने आधिकारिक निकाय नेपालमा नभएकोले निवेदकहरुले नै आफ्नो गुणस्तर प्रमाणित गरेर पठाएका कारण यो अन्यौलता आएको हो । पोष्ट हार्भेष्ट निर्देशनालयका सूचना अधिकारी महेश्वर तिवारीले सो विवादका विषयमा खरिद नियमावली अनुरुप नै टेण्डर माग गरिएको भएपनि मूल्यांकन समितिले प्रस्ताव पेश गरेका मध्ये सवैभन्दा कम मूल्य कबोल गर्ने प्रस्तावलाई स्वीकृत गर्नु पर्ने भएको भएपनि गुणस्तरका आधारमा प्रति बोरा ७ रुपैयां फरक पेश गरेको दोस्रो प्रस्तावलाई स्वीकृत गरेको बताए ।
तर उनले पनि स्वीकृत प्राप्त प्रस्तावले पेश गरेको व्याग गुणस्तर आफूहरुले चेक जांच भन्दा पनि उनीहरुले पेश गरेको सर्टिफिकेटका आधामार गरिएको बताए ।
Add Comment