बिहिबार, फाल्गुन १७, २०८०

कृषि अनुदान वितरण नीति नहुंदा दुरुपयोग

काठमाडौं, चैत्र । कृषि विकास मन्त्रालयले विभिन्न आयोजना मार्फत वितरण गर्दै आईरहेको सहयोग अनुदान नीति नहुंदा दुरुपयोग हुने गरेको बताइएको छ । कृषि विकास मन्त्रालयमा आयोजना गरिएको एडिएस कार्यान्वयन सम्वन्धि कार्यक्रमा सो कुरा बताइएको छ । मुलुकलाई तीन बर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने योजना अनुरुप कृषि विकास मन्त्रालयल लागिरहेको भएपनि कृषि उत्पादन बृद्धि र व्यवसायिकरण गर्नका लागि दातृनिकाय सहयोगमा कृषि विकास मन्त्रालय मातहतमा प्रदान गर्ने गरिएको अनुदान सदुपयोग हुन नसकेको बताइएको छ । ministry agricultue
कृषि क्षेत्रको विकासका लागि प्रदान गर्ने गरिएको अनुदान लक्षित समुदायसम्म पुग्न नसकेको बताउंदै सडक छेउछाउमा मात्र कार्यक्रम सञ्चालन गर्ने गरिएको सरोकारवालाहरुले बताएका छन् । सिमान्तकृत र लक्षित समुदायमा कृषि अनुदान पुग्न नसकेको भन्दै अधिकांश आयोजनाहरुमा दोहोरोपना देखिने गरेको पनि छलफलमा बताइएको छ ।
कृषि विकास मन्त्रालयबाट प्रदान गरिने गरिएको सहायता टुक्रे सहायता भएका कारण पनि कृषि क्षेत्रको विकास हुन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

प्रकाशित मिति: आइतवार, चैत्र २१, २०७२