शनिबार, बैशाख ८, २०८१

कृषि अनलाईनका सम्पादकलाई सम्मान

चितवन । कृषि अनलाईन तथा कृषि साप्ताहिकका सम्पादक वैकुण्ठ भण्डारीलाई चितवनमा सम्मान एक समारोहका वीच सम्मान गरिएको छ । पशुपालनमा सक्रिय किसानका समस्याहरुलाई केन्द्रिकृत गरी पशुपालन क्षेत्रको विकासका लागि पत्रकारिताका माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै भण्डारीलाई राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक समाजको पहिलो साधारण सभाको अवसरमा पशुपन्छी विकास मन्त्री शान्ता मानवीले सो सम्मान गरेकी हुन् । krisi samman
डेढ दशकदेखि पत्रकारितामा क्रियाशील भण्डारीको सम्पादकत्वमा विगत चार बर्षदेखि नेपालको पहिलो कृषि साप्ताहिक र तीन बर्ष अघि देखि नेपालको पहिलो कृषि न्यूज पोर्टलका रुपका कृषि अनलाईन प्रकाशन हुंदै आईरहेको छ ।
भण्डारीद्धारा सम्पादित अनलाईन तथा पत्रिकाले पशुपालक तथा दुग्ध उत्पादनका सक्रिय रहेका किसानहरुका पक्षमा सञ्चार वकालत गर्दै आईरहेको भन्दै समाजले सम्मानित गरेको बताएको छ । भण्डारीसंगै राष्ट्रिय समाचार समितिका सम्वाददाता नारायण ढुङ्गाना, एभिन्युज टिभीका पत्रकार प्रकाश ज्ञवाली समेत सम्मानित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १२, २०७२