बिहिबार, बैशाख १३, २०८१

चैते धानखेती गरिँदै

लुम्बिनी (रुपन्देही),१२  चैत । जिल्लामा पहिलो पटक चैते धानखेती गरिने भएको छ । यसवर्ष ४५ बिघाहा क्षेत्रफलमा चैतेधान लगाइने भएको हो । चैतेधान उत्पादन कार्यक्रमअन्तर्गत पूर्ण अनुदानमा किसानलाई १५ क्विन्टल बीउ वितरण गरिएको जिल्ला कृषि कार्यालयका प्रमुख भोजराज सापकोटाले जानकारी दिए । यस वर्षदेखि धानको उत्पादनमा वृद्वि गराउन तराईका १३ जिल्लामा वृहत्तर धान उत्पादन कार्यक्रम लागु भएको छ ।

झापा, मोरङ, सुनसरी, सर्लाही, पर्सा, बारा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा कार्यक्रम लागू गरिएको छ । यसवर्ष करिब पाँच टन चैतेधान उत्पादन हुने अनुमान गरिएको छ ।

“सिँचाइ सुविधा नहुँदा न्यून क्षेत्रफलमा चैतेधान लगाउनु परेको हो” उनले भने । कार्यालयले आगामी वर्ष १०० हेक्टरमा चैतेधान लगाउने र त्यसका लागि किसानलाई एक हेक्टर क्षेत्रफलको लागि रु पाँच हजार अनुदान दिने, धान रोप्ने र गोड्ने मेसिन भित्र्याउने योजना बनाएको सापकोटाले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १२, २०७२