शुक्रबार, चैत्र १६, २०८०

म्याद गुज्रिएका पशु औषधी बजारमा फालाफाल

काठमाडौं, चैत्र । पशु पन्छीका लागि प्रयोग गरिने औषधीदेखि भिटामिनसम्म नक्कली विक्री वितरण भईरहंदा पनि सरोकारवाला निकाय मौन देखिन्छ । औषधी विक्री वितरण गर्नका लागि स्वीकृत प्रदान गर्ने देखि बजार अनुगमन गर्नेसम्मको अधिकार प्राप्त गरेको औषधी व्यवस्था विभाग पशु औषधीलाई व्यवस्थित गर्ने कार्यमा सक्रिय हुन सकेको देखिंदैन । पशु औषधी मानव स्वास्थ्यसंग पनि प्रत्यक्ष सरोकार राख्ने भएको भएपनि त्यसलाई नियमित रुपमा अनुगमन नगर्दा किसानहरु एकातिर मारमा परेका छन्  । भने अर्कोतिर उपभोक्ताहरुले पनि अदृश्य किसिमले विष सेवन गरिरहेका छन् ।mediseam

अहिले काठमाडौं उपत्यका लगायतका विभिन्न शहरका भेटेरीनरीहरुमा कुखुरामा घ्यार घ्यार भएको अवस्थामा प्रयोग गरिने हल्याण्डमा उत्पादन भएको TYLOSIN RARTRATE  नामक म्याद गुज्रिएका औषधीहरु विक्री भईरदा पनि औषधी व्यवस्था विभागका कर्मचारीहरु आर्थिक प्रलोभनका कारण म्याद गुज्रिएका औषधीलाई नक्कली ट्याग लगाए बजारमा विक्री गरिरहदा मौन बसिरहेका छन् । अहिले बजारमा विक्री भईरहेको सो औषधीको नक्कली ट्यागमा उत्पादन गर्ने कम्पनीको नाम समेत देखिदैन । पुरानो म्याद, कम्पनीको नाम समेत भएको स्टीकर हटाएर म्याद गुज्रिएको ती औषधीरु बजारमा विक्री गरिएको छ । हल्याण्डमा उत्पादन हुने सो औषधी नेपालका लागि विक्री वितरण गर्दै आईरहेका युवराज गुरुङ्गसंग सम्पर्क गर्दा उनको मोवाईल उठेन ।

प्रकाशित मिति: आइतवार, चैत्र ७, २०७२